आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत्र २०७९ बुधबार, १५ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ चैत्र २०७९ बुधबार, १५ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं.११४३ वि.सं. २०७९ चैत्र १ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च १५ तारिख चैत्र कृष्ण पक्षको अष्टमी तिथि मूल नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । चैत्र संक्रान्ति, गोरखकाली पूजा, शीतलाष्टमी, वासेरा ।

आजको राशिफल

मेष – मानसम्मान मिल्ने समय छ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि बढ्ला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आरोग्यता बढ्नेछ । कार्यव्यापारमा सफलता प्राप्त होला । मित्रजनको साथ प्राप्त हुनेछ । विरोधिमाथि विजय प्राप्त हुनेछ ।

वृष – नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । सामान्य कामबाट पनि राम्रै लाभ मिल्ने योग छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – प्रेमभाव बढ्नेछ । परिवारजनसँग आत्मीयता वृद्धि होला । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने योग भए पनि आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । तथापि, कार्यक्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यापारमा फाइदा भए पनि आजको दिन आर्थिक अभावले सताउन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउला, सावधान रहनुहोस् । विद्यार्थीहरूका लागि चाहिँ अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – धैर्यले काम लिने समय छ । रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । प्रेमभाव बढ्नेछ । पराक्रम वृद्धि हुनेछ ।

कन्या – आजको दिन श्रमको उचित मूल्यांकन होला । व्यस्तता बढ्नेछ तर, कामबाट प्रशस्त लाभ होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । मनोकूलको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । आरोग्यता र आनन्द बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – आरोग्यता वृद्धि भए पनि आजको दिन धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आरोग्यबल बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । रोकिएको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । काममा उत्साह जाग्नेछ । सन्तानबाट सुख मिल्ला । लगानी बढ्नेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – समय अनुकुल छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । आयबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – कर्मबल वृद्धि हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनले विश्वासमा पारेर धोका दिने योग भएकोले सचेत रहनु हितकर होला । समस्याको समाधान प्राप्त हुनेछ ।