आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०७९ मंगलबार, १४ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०७९ मंगलबार, १४ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण ३० गते तद्अनुसार सन् २०२३ मार्च १४ तारिख मंगलबार चैत्र कृष्ण पक्षको सप्तमी तिथि ज्येष्ठा नक्षत्र वज्र योग बालव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ । अष्टमीव्रत ।

आजको राशिफल

मेष – नयाँ कामको सुरुवात खासै राम्रो नभएको र काममा ज्यादा परिश्रम पर्ने भए पनि कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइने दिन छ । पारिवारिक भेटघाटको समय छ । जोखिम र दौडधुप बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययन तथा अध्यापनमा प्रगति होला । सही ठाउँमा विवेक प्रयोग हुनाले लक्ष्य प्राप्त गर्न सकिनेछ । आरोग्यबल वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन विशेष योजनाहरू बन्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आत्मीयजनसँग भेटघाट होला । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । विरोधिमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – गर्दै आएको कामलाई निरन्तरता दिए पनि नयाँ काममा हात हाल्न केही समय पर्खंनु उपयुक्त हुनेछ । कामका केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । दुःख दिनेहरु सक्रिय रहन सक्छन् । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आजको दिन ब्यस्तता र खर्च बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । कर्मप्रतिको लगनशीलताले उपलब्धि दिलाउनेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । पराक्रम बढ्नेछ, व्यवसायबाट लाभ हुने समय छ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आज व्यवसायका लागि यात्रा गर्नुपर्ने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – अस्वभाविक प्रकारले दिइएको प्रलोभनले दुविधामा पार्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । आज स्वास्थ्यप्रति सचेत रहनुपर्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । दाम्पत्यसुख भने बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – लगानी बढ्नेछ । आजको दिन दौडधुप र परिश्रम बढे पनि उचित परिणाम नपाइने समय छ । तथापि उत्साहजनक समाचार प्राप्ति र त्यसबाट हर्ष बढ्नेछ । चिताएको काम पूरा नहुन सक्छ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु लाभप्रद होला । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । सार्वजनिक काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – बन्न लागेको काम अचानक बिग्रन सक्छ । सहयोगीबाट धोका हुन सक्छ । आफ्ना योजनाहरू गोप्य राख्नु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।