आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०७९ सोमबार, १३ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ फागुन २०७९ सोमबार, १३ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं। ११४३ शिशिर ऋतु वि।सं। २०७९ फाल्गुण २९ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च १३ तारिख चैत्र कृष्ण पक्षको षष्ठी तिथि अनुराधा नक्षत्र हर्षण योग गर करण आनन्दादियोगमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ बजे र सूर्यास्त साँझ १८ः१७ बजे हुनेछ ।

आजको राशिफल

मेष – दौडधुप वृद्धि हुने र जोखिम बढ्ने समय भए पनि भाक्ष्यले साथ दिनेछ । रोकिएका कामले गति लिनेछ । नयाँ काम र जिम्मेवारी हात पर्ला । तपाईंको कामले धेरै जना प्रभावित हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन शुभदायी छ । काममा सहयोगीहरूले साथ दिनेछन् भने राम्रै फाइदा हुन सक्छ । प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव एवम् रसरागमा आकर्षण बढ्नेछ । मित्रजन र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज गरेका कामबाट प्रतिष्ठा आर्जन होला । सुखद समाचार सुन्न पाइएला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । मनोबल उच्च रहला । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – दिन मिश्रित फलदायी रहला । विगतका समस्या बल्झिन सक्छन् भने सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । ब्यर्थको यात्रा हुन सक्छ । प्रेमभाव बढ्नेछ ।

सिंह – व्यस्तताका साथै कार्यबोझ बढ्नेछ । आज लेनदेनमा पनि विवाद हुन सक्छ, अनावश्यक आर्थिक कारोबारबाट बचेकै राम्रो । वादविादको योगसमेत रहेकोले बोली र व्यवहारमा विशेष सतर्कता अपनाउनुहोला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । दाम्पत्य जीवन सुखद रहला । आफन्तसित भेटघाट हुनेछ । विरोधिमाथि विजय प्राप्त होला ।

कन्या – कार्य क्षमता वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्, तर आर्थिक अभावले चाहिँ सताउन सक्छ । परिवारिक सुख वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । विलासमा रुचि बढ्ला । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । नयाँ काममा हात हाल्नु लाभप्रद रहनेछ । मान वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानी पनि बढ्ला, आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । रचनात्मक कार्यमा सफलता रहनेछ ।

धनु – प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । बोलीकै भरमा काम सम्पादन होला । स्वास्थ्य सबल रहनेछ । लगानी बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उचित रहनेछ ।

मकर – काममा चुनौती देखिएला । धेरै परिश्रमबाट थोरै मात्र लाभ मिल्ला । भएको आम्दानी सञ्चय गर्न कठिन पर्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ, तर आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ ।

मीन – भाग्यबल वृद्धि हुनेछ । अधुरा काम बन्ने छन् । आँटेगरेका काम पुरा भइ धनलाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । आरोग्यता बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।