आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फागुन २०७९ आइतबार, १२ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ फागुन २०७९ आइतबार, १२ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २८ गते तद्अनुसार सन् २०२३ मार्च १२ तारिख आइतबार चैत्र कृष्ण पक्षको पञ्चमी तिथि स्वाती नक्षत्र ६ः२५ पर विशाखा नक्षत्र व्याघ्यात् योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा र सूर्यास्त साँझ १८ः१० बजे हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता बढ्नेछ । साहसिक काममा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मक काममा जुट्ने समय छ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम पनि बन्नेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आरोग्यबल वृद्धि भए पनि आजको दिन त्यति उत्साहजनक नरहला । महत्वपूर्ण निर्णय गर्नुछ भने आज थाती राख्नु उचित हुनेछ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ । कसैसँग बादविवाद हुन सक्ने योग रहेकोले सावधान रहनुहोला । पारिवारिक समस्या आइपर्न सक्छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन व्यस्तता बढ्नेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन, काममा परिश्रम ज्यादा तर परिणाम सामान्य मात्र मिल्न सक्छ । सामाजिक काममा नाम रहने समय भए पनि मन दुविधाग्रस्त रहला । यात्रामा भने सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दिन शुभदायी छ । मनोरञ्जनात्मक किसिमले दिन बित्नेछ । सामाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने समय छ । मान-प्रतिष्ठा मिल्ला । काम बन्नाले मन रमाउने योग छ । प्रेमभाव बढ्ला । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – व्यस्तता बढ्नेछ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ हुन पनि सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । बोलीमा सजगता नअपनाए मिथ्या आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ला । मित्रजनको भने साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । अध्ययन–अध्यापनमा पनि ध्यान दिन नसकिएला । दुःख दिन चाहनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । अनावश्यक खर्च बढ्न सक्छ, ध्यान दिनुहोला । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – आरोग्यता वृद्धि होला । चुनौतीहरू सजिलै पार लाग्ने समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले ठिक निर्णयहरू लिइनेछन् । घरमा पाहुना आगमनको योग छ । सहयोगीहरूले साथ दिनेछन् । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रतिस्पर्धीहरू पराजित हुने समय छ । व्यापार–व्यवसायमा विशेष फाइदा होला । महत्वपूर्ण काममा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा हितकर होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा सन्तुष्टि मिल्ला । आयआर्जन राम्रै हुनेछ । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – नयाँ काम सुरु गर्ने समय छ । तर, काममा ढिलासुस्ती आउनुका साथै खर्चको मात्रा बढ्न सक्छ । आर्थिक हानी हुन सक्नेप्रति सावधान रहनु हितकर होला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – स्वास्थ्यमा समस्या देखिन सक्छ । तर कामप्रतिको लगावले मनमा खुशी प्रदान गर्ला । बन्न लागेको काम बिग्रन सक्ने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – दौडधुप र साहस बढ्नेछ । आजको दिन नयाँ काम सुरु गर्नु शुभदायी रहला । व्यापार-ब्यवसायबाट लाभ हुने समय छ । आर्थिक पक्ष सन्तोषजनक रहला । रोकिएका काम छन् भने पूरा गर्ने प्रयास गर्नुहोला, नयाँ काम पनि सुरु गर्ने समय छ । आफन्तको साथ भने कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।