आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०७९ शनिबार, ११ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०७९ शनिबार, ११ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण २७ गते शनिबार तद्अनुसार सन् २०२३ मार्च ११ तारिख चैत्र कृष्ण पक्षको चतुर्थी तिथि स्वाती नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ ।

आजको राशिफल

मेष – विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुने दिन छ । दामपत्य सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्नेछ । कार्यव्यापारमा सफलता प्राप्त होला । तपाईंका कामले अरूलाई आकर्षित गर्न सकिनेछ ।

वृष – आरोग्यता बढ्ने तथा बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन भए पनि बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ, सचेत रहनुहोला । मित्रजनको साथ प्राप्त हुनेछ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । यसका बाबजुद सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ ।

मिथुन – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । तर, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ । आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – दिन सामान्य छ । प्रयासरत काममा सफलता प्राप्त हुने भए पनि अरूका काममा समय खर्चनुपर्ला । स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्छ, सावधान रहनुहोलाा । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – आरोग्यता र आनन्द बढ्नेछ । व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय लाभदायक देखिन्छ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – रोकिएको काम बन्नेछ । व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । चोटपटकको सम्भावना भएकोले सावधान रहनुहोला ।

मकर – आरोग्यता बढ्नेछ तर भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने समय छ । घरायसी समस्याले पनि सताउला । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । रसरागका कर्ममा सफलता मिल्नेछ ।

कुम्भ – आँटेका काम मुस्किलले मात्र बन्ने समय छ । अर्थको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भोतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला ।

मीन – जोखिम वृद्धि हुने र भागदौड वृद्धि हुने समय छ । तर रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।