आजको पञ्चाङ्ग एवम् राशिफल (२६ फागुन २०७९ शुक्रबार, १० मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ फागुन २०७९ शुक्रबार, १० मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २६ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च १० तारिख चैत्र कृष्ण पक्षको तृतीया तिथि चित्रा नक्षत्र वृद्धि योग वणि करण आनन्दादियोगमा मुशल योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२२ बजे र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ । नाला यात्रा ।

आजको राशिफल

मेष – आफ्ना योजनाबारे गोपनीयतामा ध्यान दिँदै सचेत रहनुपर्ने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ भने आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । दाम्पत्य सम्बन्धमा पनि खटपट देखापर्न सक्नेछ । तथापि, आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला ।

वृष – कामको सवालमा दिन त्यति शुभदायी छैन, हैरानी बढ्न सक्छ । नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने थाती राख्नु हितकर होला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । मान मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सन्तानको सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – व्यस्तता बढ्ने समय भए पनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आरोग्यता वृद्धि हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – आत्मीयजनसँग भेटघाट होला । सरसफाइ तथा सौन्दर्य–साजसज्जासम्बन्धी कर्ममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पराक्रम वृद्धि होला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यका साथै रोकिएका काम बन्नेछन् । सुखशान्ति बढ्नेछ ।

सिंह – पीडा दिनेहरू सक्रिय रहन सक्छन्, विशेष चनाखो रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । व्यापारमा फाइदा हुने योग छ । कार्यबोझ बढ्नेछ । आफन्तसित भेटघाट होला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त होला । उन्नति पदोन्नति हुनेछ ।

कन्या – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्ने समय छ । घरमै बसेरै विभिन्न काम सम्पादन गर्न सकिने योग छ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिनुहोला । साझेदारीको कार्य बन्नेछ । रसविलासमा रुचि रहला । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । लगानी वृद्धि हुनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आयबल वृद्धि हुने समय छ । शुभता बढ्नेछ । दायित्व पनि बढ्ला । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – कर्मबल बढ्ने समय भए पनि आजको दिन सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । स्वास्थ्यप्रति सजग रहनु हितकर होला । छरछिमेकमा केही असमझदारी बढ्ला । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तर चिताएको काम पूरा नहुन सक्छ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – दौडधुप बढ्नेछ । रसरागको भाव वृद्धि होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सभा–समारोहमा पुरस्कार मिल्ला ।

मीन – विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव बढ्नेछ । धनलाभको योग छ । चिताएको काम बन्ने देखिन्छ । दाम्पत्य सुख वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।