आजको पञ्चाङ्ग एवम् राशिफल (२५ फागुन २०७९ बिहीबार, ९ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ फागुन २०७९ बिहीबार, ९ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २५ गते तद्अनुसार सन् २०२३ मार्च ९ तारिख बिहीबार चैत्र कृष्ण पक्षको द्वितीया तिथि हस्ता नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२३ मा र सूर्यास्त साँझ १८ः०८ बजे हुनेछ ।

आजको राशिफल

मेष – सोचेभन्दा कमै फाइदा मिल्ने दिन छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – प्रेमभाव वृद्धि हुनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । तर, भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – ब्यस्तता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर प्राप्त होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । पराक्रम बढ्नेछ । ब्यवसायमा लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । तर अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – दिन संघर्षमय रहला । ठूलै प्रयत्न गर्दा कममात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आरोग्यता र उत्साह बढ्नेछ । तर, प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । विवादमा परिने योग छ, सचेत रहनुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा विशेष फाइदा पुग्ने समय छ । लगानी वृद्धि हुनेछ । विलासी काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आयबल बढ्नेछ तर बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । मान र विद्या प्राप्त हुने समय छ । काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – जाँगरमा कमी आउनेछ । स्वास्थ्य पनि कमजोर रहला । सानो उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नचिताएको ठाउमा खर्च हुने योग छ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर होला ।

मकर – भाग्यबल बढ्नेछ र पनि काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय भने आएको छ । आज प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । कठोर मिहिनेतले काममा सफलता मिल्नेछ । मित्रजन एवम् सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आरोग्यता बढ्नेछ । दाम्पत्य सुख बढ्ला । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ कमै मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।