‘लेण्डुपे नेता’ चिनौँ, राष्ट्र जोगाऔँ !

‘लेण्डुपे नेता’ चिनौँ, राष्ट्र जोगाऔँ !


✍ सुभास प्रसाद पाण्डे

कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ । देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । यसले समग्र देशको उन्नति हुन्छ । तर त्यो कर्जा वित्तीय नीतिअनुसार न्यून ब्याजदरमा दिनुपर्छ । नेपालमा विकासको लागि वित्तिय नीतिअनुसार कर्जा प्रवाह देखिन्न, शुद्धव्यावसायिक हिसाबले लाभको नीतिअनुसार कर्जा प्रवाह भएको देखिन्छ । ऋणीसँग बैंकले खेलेको निम्न भुमिकाले वित्तीय सुशासन कायम नहुँदा अर्थतन्त्र असफल हुने देखिन्छ ।

१. बैंकले ऋण प्रवाह गर्दा धितो माग्छ नेपालीहरूले जीवन दाउ लगाएर जोडेको सम्पत्ति धितो दिन्छन् तर बैंकले मुल्याङ्कन गर्दा चलनचल्तिको मुल्यभन्दा अत्यधिक कम मुल्यमा मुल्याङ्कन गर्छ र यसको पनि ३० प्रतिशत मात्र ऋण प्रवाह हुन्छ । मुल्यको ३० प्रतिशत मात्र ऋण दिने र १८ प्रतिशतसम्म ब्याज लिएर बैंकले सानो अवधिमा नै ब्याजमार्फत आफ्नो ऋण उठाइसकेको हुन्छ । उता ऋणी अत्यधिक ब्याजले गर्दा थला पर्छ । संसारभर बैंकले ब्यापार व्यावसायलाई प्रवर्द्धन गर्न र संरक्षण वित्तिय नीति अपनाएको हुन्छ । जसबाट अर्थतन्त्रलाई टेवा पुगेको हुन्छ । नेपालमा न्यून ब्याजदरमा लगानीको बाताबरण बनाउनु बैंकले सकेको छैन । बरु आफुले बनाएको नीतिले ऋणीहरू थला परोस् र ऋणीलाई गराइएको नबुझिने सम्झौतापत्रमार्फत बहुमुल्य सम्पत्ति हडप्न सकौँ भनेर मौका ढुकेर बसेको हुन्छ ।

२. निक्षेपकर्ताहरूले केही प्रतिशत ब्याजको लोभमा आफ्नो श्रीसम्पत्ति बैंकमा राखेका हुन्छन् तर ती नगदलाई बैंकले परिचालन गर्दा ठुला उद्योगहरूमा लगानी गरेको देखिन्छ । ती उद्योगीहरूको धितो मुल्याङ्कन गर्ने हो भने ऋण भन्दा धितो कम देखिन्छ । यसर्थ यी ठुला उद्योगीको ब्यापार डुबेमा सम्पत्ति सबै लिलाम गर्दा पनि निक्षेपकर्ताको लगानीको आधा पनि उठ्ने अवस्था देखिँदैन, यसको विकल्प बैंकले बनाउन सकेको छैन । हाल परिस्थितिमा बैंक टाट पल्टिने सक्ने अवस्थालाई पनि नकार्न सकिँदैन समग्रमा भन्ने हो भने असफल वित्तिय नीतिले देशको अर्थतन्त्र असफल बन्ने सम्भावना टड्कारो रूपमा देखिन्छ ।

३. बैंकको लगानी नागरिकको रूपमा रहेका गैरनागरिकको हातबाट संचालित ठुला उद्योग ब्यवसायलाई अत्यधिक देखिन्छ । ती उद्योगमा गरिएको ऋणबाट हुने आम्दानीले यो देशको अर्थतन्त्रलाई कुनै योगदान गरेको देखिन्न । ती उद्योगीले नाफाजति आफ्नै उत्पत्ति मुलुकमा लग्ने नेपालमा लगानी नगर्ने गरेको तथ्याङ्कले बताएको छ । ब्यवसाय डुबेमा बैंकमा पैसा राख्ने निक्षेपकर्ता डुब्ने र ती उद्योगी आफ्नै उत्पति मुलुकमा भाग्ने सम्भावना हुँदाहुँदै पनि बैंकले यस्तो लगानीलाई प्रोत्साहन गरेको देखिन्छ ।

३. धेरै बैंकका मालिकहरू वैधानिक नागरिकको रुपमा रहेका गैरनागारिकहरू छन् । यिनीहरूको प्रमुख उद्देश्य बैंकमा धितोमा राखेका नेपाली नागरिकको सम्पत्ति हडप्ने व्यावसायिक उद्देश्यबाट प्रेरित देखिन्छ । यिनिहरूलाई नेपाल र नेपालीप्रति कुनै मोह छैन । अतः यिनिहरूले पैसाको बलमा केन्द्रीय बैंकमा आफ्नो पहुँच बनाएका छन् र आफूअनुकुल नीति बनाउन राज्य र केन्द्रीय बैंकलाई प्रयोग गर्छन् । यिनीहरू ऋणीहरूको मुल्यवान सम्पत्ति कौडीको भाउमा लिलामी गर्दै आफ्ना मान्छेमार्फत किन्न लगाउँछन् र सो सम्पत्ति पुनः पूरै मुल्यमा बेची मनग्गे नाफा आर्जन गर्छन् । ती नाफा सबै आफ्नो उत्पत्ति मुलुकतिरै लगानी गर्ने गरेको देखिन्छ ।

राज्यको हरेक क्षेत्र दल, प्रशासन, न्यायालय। सेना, प्रहरी, वित्तिय क्षेत्र, नागरिक समाजका अधिकांश ब्यक्तिलाई विदेशीले ‘खरिद’ गरेको देखिन्छ । विदेशीहरू नेपाललाई असफल बनाएर यो मुलुकमा वर्चश्वसहित आफ्नो उपस्थिति जनाउन चाहन्छन् भने कोही यो मुलुकलाई टुक्राटुक्रा पार्न र दीर्घकालमा गाभ्ने रणनीतिमा अगाडि बढेका छन् । पश्चिमाहरू यो देशको राष्ट्रिय एकता र धर्म समाप्त गर्दै उपस्थिति जनाउन चाहन्छन् भने दक्षिण यो देशमा वित्तिय क्षेत्र कब्जा गरेर आफ्नो उद्देश्य पूरा गर्न चाहन्छ । जसरी इस्ट इन्डिया कम्पनीले ब्यापार गर्ने निहुँमा भारत कब्जा गरेजस्तै अहिले नेपालको समग्र व्यवसाय नेपाली नागरिक बनेका गैरनेपाली मुलका ब्यापारीको हातमा पुगिसकेको छ । उनीहरूले नेपालीलाई बाँच्न र बस्नको लागि चाहिने सम्पुर्ण व्यवसाय कब्जा गरिसकेका छन् । नेपाल सरकारलाई देशको लागि आवश्यक राजस्व यिनिहरूले बुझाउँछन् । चिन्ता गर्ने विषय यो छ कि जुन दिन यो देशलाई समाप्त गर्न यिनीहरूलाई आफ्नो उत्पत्ति देशको आदेश आउँछ त्यही दिन राज्यलाई दिने राजस्व ठप्प पारिदिन्छन् र, अर्थतन्त्र समाप्त गरिदिन्छन् । जसको कारण देश असफल राष्ट्र बन्न पुग्छ । यो योजना पूरा गर्न यहाँका चर्चित लेण्डुपेहरू कम्मर कसेर लागेका छन् ।

अब राष्ट्र जोगाउनु छ भने जनताले लेण्डुपे नेता चिनेर सजाय दिन ढिलो गर्नु हुन्न । बैंकको वित्तिय नीतिविरुद्ध, नागरिकको नाउँमा रहेका गैरनागरिकको हातमा भएको अर्थतन्त्र कब्जाविरुद्ध र बैंकको ज्यादतीविरुद्ध उत्रिँदै राष्ट्र जोगाउन अगाडि बढौँ । जय मातृभूमि ।