आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०७९ बुधबार, ८ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ फागुन २०७९ बुधबार, ८ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण २४ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च ८ तारिख चैत्र कृष्ण पक्षको प्रतिपदा तिथि उत्तरा फाल्गुनी नक्षत्र शूल योग बालब करण १ः१४ पर तैतिल करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा सिंह राशिमा ८ः५९ पर कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा र सूर्यास्त साँझ १८ः०७ बजे हुनेछ । वसन्तादि, तेल लगाउने र आँपको मुजुरा खाने, नारी दिवस, गणगौर पूजा प्रारम्भ, नालामत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – समय राम्रै छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ, सचेत रहनुहोला । कार्यव्यापारमा सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्छ, अभिव्यक्तिमा संयमता राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । आशा उत्साह र आरोग्यता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त होला । नयाँ कामको प्रस्ताव आउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलै अवसर दिलाउन सक्छ ।

कर्कट – व्यस्तता वृद्धि र कार्यबोझ बढ्नेछ । पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । खर्च वृद्धि हुनेछ ।

कन्या – आजको दिन जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तथापि, सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – बिलासी काम बन्नेछ । प्रशंसकहरू बढ्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएको काम बन्न सक्छ । कतैबाट उपहार प्राप्त हुने योग छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – शुभ काम बन्नेछ । शरीरमा उत्साह प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । तर, परिवारमा असमझदारी बढ्न सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – कर्मबल बढ्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । तर आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । रोकिएको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – भाग्यबल बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – भागदौड वृद्धि होला । आज बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर अनावश्यक दौडधुपमा समय बित्न सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।