आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फागुन २०७९ मंगलबार, ७ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ फागुन २०७९ मंगलबार, ७ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २३ गते तद्अनुसार सन् २०२३ मार्च ७ तारिख मंगलबार फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथि पूर्वाफाल्गुणी नक्षत्र धृति योग बालब करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा र सूर्यास्त साँझ १८ः०७ बजे हुनेछ । पूर्णिमाव्रत, फागुपूर्णिमा, तराईमा होली ।

आजको राशिफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार राख्नुपर्नेछ । यसका बाबजुद एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – व्यस्तता वृद्धि हुनेछ र काममा सफलता मिल्ने दिन छ । आर्थिक रूपले शुभ हुने दिन छ । आयआर्जन राम्रै हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान राख्नु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – धन आर्जन गर्ने मौका छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ । समस्याको समाधान प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन स्वास्थ्य कमजोर रहला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ, सावधान रहनुहोला । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । खेलकुद तथा भ्रमणमा भने रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आरोग्यता र सुख बढ्नेछ । ब्यावसायमा फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । मानसम्मानमा पनि ठेस पुग्न सक्छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – मनोकूलको काम बन्नेछ । आयबल वृद्धि हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । रसरागमा रुचि बढ्नेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ तर मुख्य काममा बाधा हुने समय छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधनले मौकामा धोका दिन सक्छ । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । लगानी ठूलो भए पनि प्रतिफल कम मात्र मिल्ला । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । काम बिग्रने डरले सताउन सक्छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

मकर – जोखिम बढ्नेछ तर लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । असावधानीले धन खर्च हुन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – दिन त्यति शुभकारी छैन । तथापि आरोग्यता बढ्नेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने दिन छ । सवारीमा सावधानी अपनाउनुहोला । पुरानो रोगले पनि सताउन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । यसका बाबजुद समस्याको समाधान मिल्नेछ ।