आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फागुन २०७९ सोमबार, ६ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फागुन २०७९ सोमबार, ६ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २२ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च ६ तारिख फाल्गुन शुक्ल पक्षको चतुर्दशी तिथि मघा नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादियोगमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ बजे र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ । भद्रा १६ः२८ देखि २९ः२२ बजेसम्म, राति भद्रान्तमा चीरदाह, पहाडी जिल्लामा होली, भकाली तोरन्लपर्व ।

आजको राशिफल

मेष – फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । तर, तपाईंका कमजोरीप्रति आफन्तजनले टीका–टिप्पणी वा गुनासो गर्लान् । प्राप्त अवसर गुम्न सक्छ, ध्यान दिएर काम गर्नु होला । मेहनत गर्दा अवसर पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ ।

वृष – ब्यस्तताका साथै रसरागमा आकर्षण बढ्नेछ । आजको समय शुभदायी नै रहला । कीर्तिमानी एवम् प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । नयाँ काममा हात हाल्ने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिएलान् । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – नयाँ सम्भावना देखिन्छ । मित्रजनबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – यात्रामा सफलता प्राप्त हुनेछ । विपरीतलिंगी मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ र पनि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला ।

सिंह – शुभ समाचार प्राप्त हुनेछ । आफूले मानेको व्यक्तित्वबाट धोका हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । इष्टमित्र सन्तानको सुख प्राप्त होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्य क्षमता वृद्धि हुनेछ । परिबारिक सुख वृद्धि होला । नयाँ काममा हात हाल्ने समय आएको छ । लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन जाला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आयबल वृद्धि हुने तथा धन बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने दिन भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । विश्वास गरेकाबाट धोका मिल्ने योग छ । अनायसै खर्च हुन सक्छ । काममा अवरोध आउनाले मन खिन्न रहनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आमोदप्रमोदमा मन जाला ।

धनु – आजको दिन आम्दानीको तुलनामा खर्च ज्यादा होला । लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने योग छ । मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आजको दिन ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाइदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – चोट-कष्टबाट बच्नुपर्ने समय छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । आर्थिक अभावले सताउन सक्छ । काम नबन्ने डरले सताउन सक्छ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आज स्वास्थ्यसम्बन्धी समस्याले अलिक सताउन सक्छ । समयमा कार्य सम्पादन गर्न नसकिएला । सोचेको कामले पूर्णता नपाउँदा खिन्नता बढ्ला । केही अवसर जुटे पनि परिस्थिति संघर्षमय नै रहला । यात्रामा सफलता प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ, आफन्तको साथ मिल्नेछ ।