आजको पञ्चाङ्ग एवम् राशिफल (२१ फागुन २०७९ आइतबार, ५ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ फागुन २०७९ आइतबार, ५ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण २१ गते आइतबार तद्अनुसार सन् २०२३ मार्च ५ तारिख फाल्गुन शुक्ल पक्षको त्रयोदशी तिथि अश्लेषा नक्षत्र अतिगण्ड योग गर करण आनन्दादिमा बज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ मा र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आज व्यस्तता बढ्नेछ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तर खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । तर, समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – विशेष मानसम्मान प्राप्त हुने दिन छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने योग पनि छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । स्वास्थ्य समस्याले चाहिँ सताउन सक्छ ।

सिंह – आजको दिन काममा परिवारजनको सहयोग रहला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट होला । प्रतिभाको उचित कदर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आयबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइको सहयोगले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन त्यति शुभदायी नरहला । कतै विवादमा पर्ने तथा दण्ड–जरिवानाको पनि सम्भावना छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्य समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो नै रहला ।

वृश्चिक – भाग्यबल बढ्नेछ । शुभ काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । दाजुभाइसमाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ ।

धनु – व्यवसायबाट धनलाभ हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । राजनीतिक पहुँच बढ्ने योग छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – दाम्पत्य सुख बढ्ने समय छ । आरोग्यता बढ्ला । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्य समस्या पनि आइपर्न सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बनेको अनुभूति भए पनि आनन्द वृद्धि होला । सफलताको दर बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनु हितकर होला ।