आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०७९ शनिबार, ४ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०७९ शनिबार, ४ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २० गते तद्अनुसार सन् २०२३ मार्च ४ तारिख शनिबार फाल्गुन शुक्ल पक्षको द्वादशी तिथि तिष्य नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा र सूर्यास्त साँझ १८ः०५ बजे हुनेछ । शनिप्रदोषव्रत, गोविन्द द्वादशी ।

आजको राशिफल

मेष – समय अनुकुल छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानबाट साथ–सहयोग र सुख प्राप्त हुनेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन पराक्रम वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ला । आफ्नै कमजोरीले विवादमा परिने योग भए पनि आँटेको काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन होला । अरुबाट आलोचना हुने सम्भावना पनि रहेको छ । खर्चको मात्रा बढ्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – आत्मविश्वास बढ्नेछ र रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न पनि सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले सजग रहनु हितकर होला । जीवनसाथीको स्वास्थ्य कमजोर रहन सक्छ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । यसका बाबजुद मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका मिल्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । साहस वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

तुला – पारिवारिक जमघटमा मन रमाउने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – भाग्यबल बढ्ने र काममा सफलता प्राप्त हुने दिन भए पनि प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । दाम्पत्य सुख बढ्नेछ । सुख सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बस हुनेछ ।

धनु – व्यस्तता र जोखिम वृद्धि हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । लामो यात्राको सम्भावना छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । परिवारिक सुख बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – दिन सामान्य छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । अति आवश्यक अवस्थाबाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । नोकरीमा स्थानान्तरण हुने सम्भावना छ । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – प्रेमभाव र आनन्द बढ्ने दिन छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तर हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।