यसकारण हाम्रो विवेक (आईक्यु) न्यून छ !

यसकारण हाम्रो विवेक (आईक्यु) न्यून छ !


बुद्धको जन्मभूमि र वेदको उद्गमस्थल मन्दिर नै मन्दिरको कहिले कसैको गुलाम नरहेको सैयौँ नदि सभ्यताले सिञ्चित हाम्रो समाज किन आज न्यूनस्तरको बौद्धिकमा स्खलित हुन् पुग्यो ? राज्य र समाजका बौद्धिक भनिने नागरिक समाजले गहन छलफल गर्न ढिला भइसक्यो ।

✍ शेखर ढुङ्गेल

बेलायतस्थित इकोनोमिक फोरम नामको संस्थाले हालै गरेको विश्वब्यापी सर्वेक्षण अनुसार नेपाल अतिन्युन विवेक भएको र जापान, सिंगापुर हंहङकङलगायत यूरोपेली देशहरू उच्च स्थानमा रहेको देखाएको छ । यो सर्वेक्षणलाई धेरै स्वघोषित विद्वान्हरूले ‘मिथ्या’ भन्दै कुतर्कमा उर्जा र समय खर्च गरेका छन् । यही नै हाम्रो बिअप या आइक्युको अर्को प्रमाण हो । बिनाप्रमाण बिनाअध्ययन र कारण आफैलाई ‘सर्वज्ञाता’ ठान्ने मानसिकता नै हाम्रो न्यून आइक्युको प्रमाण हो । आइक्युको अर्थ हाजिरी जवाफ प्रतियोगितामा सोधिने भूगोल इतिहास खेलकुदको जानकार हुनु होइन, वा लोकसेवा परीक्षामा सोधिने प्रश्नहरूको जानकारी हुनु होइन । यस्तो मामलामा त जापानिज, अमेरिकन, बेलायती, सिंगापोरका नागरिकहरू धेरै पछाडि छन् । आइक्यु गहन मनोविज्ञान र कर्म हो विवेक हो जसको कारणले त्यो देशका नागरिक र राज्यले गर्ने/गराउने वा गरेको कामको आधारमा मुल्यांकन गरिन्छ । यसलाई हामी विवेकशीलता भन्न सक्छौँ, राज्य र नागरिकले गरेको जिम्मेवारीको बोध भन्न सक्छौँ, जुन बौद्धिकतापूर्ण आदर्श एवम् उदाहरणीय बनेको हुन्छ । जापान, सिंगापोर, हङकङ आदि त्यसैले उच्च स्थानमा छन् ।

स्तरीय आइक्यु अर्थात् बौद्धिकतापूर्ण राज्य र नागरिक भएका जापान जस्ता देशमा स्वच्छ सफा र स्वस्थ्य खानेकुराको निश्चितता सेवा, र कामको गुणस्तर, सरसफाइ, प्राकृतिक संरक्षण प्रदुषण नियन्त्रण सुरक्षित सडक, अनुकरणीय उच्चस्तरीय सार्वजनिक यातायात सुविधा र सहजताको ब्यवस्थापन गरेको हुन्छ । उच्च सामाजिक चेतना र आर्थिक पहुँचमा नागरिक हुन्छन् । राज्य र नागरिकको बीचमा विश्वासको आधार खडा भएका हुन्छन् । एकअर्काको सम्मान र सहजताको जिम्मेवारी महसूस गर्ने सक्ने क्षमता देखाउन सक्ने योग्यता हुन्छ ।

नागरिक समाज र देशको वातावरण कति सकारात्मक छ आइक्युको अर्को मूल आधार हो । जापानमा स्कुल÷कलेज सफा गर्ने कर्मचारी हुँदैनन्, आफ्नो काम आफै गर्नुपर्छ सोचले ब्यवहारिक स्थान पाएको हुन्छ, नेता प्रशासक प्रतिष्ठानका मालिकहरू आफै चिया बनाएर खान्छन्, लाइनमा बस्छन्, सबैले सबैको उत्तिकै समान गर्छन् । ठुला भनिनेहरू नै पहिले अभिवादन गर्न प्रेरित हुन्छन् । कसैले खसालेको हराएको पैसा भेट्टाउने जापानिज सोच्छ- ‘यो पैसा कति दुःख गरेर कमाएको होला घर भाडा कसरी तिर्लान्, के खालान् ? आफ्नै पैसा नभएर अफिसको हो कि ? उनको जागिर पो जान्छ कि ? मलाई मेरो कमाइले पुगेकै छ, अरुलाई दुखी पार्नु हुँदैन’… यस्तो सोच्दै प्रहरीकोमा लगेर बुझाइदिन्छन् । उनीहरू लुट्ने, चोर्ने, ठग्ने, फसाउने सोचबाट धेरै टाढा हुन्छन् ।

विवेकशील राज्यले असल विधि निर्माण गर्छ राम्रो ब्यवस्थापन गर्छ, जुन नागरिकको हितमा हुन्छ र नागरिकले सम्मानपूर्वक पालना गर्छन् । जुन असल र जिम्मेवार नागरिकको कर्तब्य हो । हाम्रोमा ? अपराधीलाई दण्डमाफ, नेतालाई जरिवाना माफ ? यो कस्तो सुन्य विवेक भएको राज्य हो ? हाम्रो नेतृत्व वर्गको सोच ‘सत्ता शक्ति र सम्पति’ को अविवेकी छ जबकि नेतृत्व वा नेता भनेको जिम्मेवारी बहन गर्न, जिम्मेवारी महसूस गर्न, गराउने पदको नाम हो, हाम्रोमा त्यसको स्तर सुन्य छ ।

प्रशासन दलाल/माफिया/बिचौलियाबाट प्रभावित छ यो जस्तो विवेकसुन्यता के हुन्छ र हाम्रो आइक्यु माथि पुगोस् ? जब नेतृत्व र राज्यको विवेक सुन्यस्तरको हुन्छ तब भ्रष्टाचार अनियमितता र विकृतिले राज गर्न सफल हुन्छ, जसको कारण देशमा एक राज्य प्रशासनको सेवा क्षमता कमजोर र अविश्वसीय हुन पुग्छ । न्याय सम्पादन कमजोर हुन्छ । बेरोजगारी बढ्छ । स्वास्थ्य खाद्यान्नलगायत सबै प्रकारका गुणस्तर कमजोर हुन्छ । प्रदुषण बढ्ने र प्राकृतिक दोहन बढ्ने हुन्छ । सडक दुर्घटना बढ्छ । अपराध अनुसन्धानमा नकारात्मक प्रभाव (असफल र अविश्वसनीय) पार्छ । यसरी देशको सम्पूर्ण अवस्था र व्यवस्थाले राष्ट्रको बौद्धिक छवीलाई प्रभावित पार्ने हुँदा जापान सिंगापुर हङकङ यूरोपियन राष्ट्रहरूको बौद्धिक स्तर धेरै माथि देखिएको हो ।

हाम्रो राष्ट्रिय मानसिकता नै ‘मगन्ते’ छ । हाम्रो माग्ने मानसिकताको जरो रहुन्जेल ‘हाम्रो बौद्धिक स्तर माथि उठ्न सक्दैन । कथित बौद्धिक व्यक्तित्वहरू विदेशी नियोग र संस्थाको जागिरे बनेर देशको गरिबी, पीडा, चेलीको नाङ्गो शरीर, गरिबको नाङ्गो शरीर र राष्ट्रको सूचना बेच्न (बौद्धिक दलाली) प्रेरित रहन्छन् तबसम्म हाम्रो बौद्धिक स्तरले उपल्लो स्थान पाउन सक्दैन । योजना ढिलासुस्ती (भ्रष्टाचार) अनियमितता कानुनी अस्तव्यस्तता र बिचौलियापनले हाम्रो अविवेकी अर्थात् न्यून बौद्धिकताको परिचय दिएको छ ।

कानुनी राज्य, समान मानवीय मुल्य र मान्यताको समाज एवम् सुशासनको अनुभूति, राज्य र नागरिकको विश्वास, सहयोगात्मक भावना र सम्बन्ध एवम् सकारात्मक सोचको व्यवहार हुनुपर्छ । सेवाप्रदायकको स्तर, योग्यता/दक्षता पारदर्शिता र जवाफदेहितापूर्ण पालना अर्थात् विवेक प्रयोग हुन्छ ।

हाम्रो विवेक (आइक्यु) त्यसबेला उच्च थियो जुनबेला हामी घरबाहिर जाँदा छिमेकीलाई साँचो जिम्मा दिन्थ्यौँ । दयाँ हातले दिएको (दान चन्दा उपहार) बाँया हातले थाहा नपाओस् भन्ने मान्यता राख्ने समाज थियो । आज ? हामी बुद्धि माग्ने बनेका छौँ देशको विकृति र विसंगतिलाई सयमा बेच्छौँ । १० बाँड्न फोटो खिच्छौँ, गरिब र गरिबीलाई अन्तर्राष्ट्रिय तमासा बनाएर ९० खल्तीमा हालेर झुठो बिल (ठगी) बनाएर भुक्तानी लिन्छौँ र, समाजमा आडम्बर देखाउने गर्छौं अनि हाम्रो विवेकको मुल्याङ्कन सुन्य नभए जापानिज र सिंगापोरेको हुन्छ ?

आइक्यु विज्ञान र अध्यात्मिक मनोविज्ञानको सफल फ्युजन हो जसले भौतिक विकाससँगै मानवीय संवेदनसीलता, समानता, प्रेम, दया, सहयोग, क्षमा, नैतिकताको कसीमा जापान अगाडि छ । बच्चैदेखि स्वावलम्बी बनाउने, आत्मनिर्भर बनाउनेलगायत जिम्मेवारीपूर्ण शिक्षा दिने गर्छन्, उच्च गुणस्तरीय खाना र स्वास्थ्य सेवाको पहुँचमा पुगेकै कारण जापानिज ताइवानिजलगायत यूरोपिलीहरू विश्वमा सबैभन्दा बढी उमेरसम्म बाँच्नेहरू हुन् । बौद्धिक दासत्व र बौद्धिक मालिकबीचको भेद छुट्याउन सक्ने राज्य र नागरिक बनेपछि मात्र हाम्रो आइक्युको स्तर बढ्न सक्छ । आइक्यु मापनको आधार सडकको स्तर खानेपानीको गुणस्तर सार्वजनिक यातायातको, प्रशासनिक क्षमता र गुण, राज्य र नागरिकको मितव्ययी मानसिकता, मानवीय मूल्य र मान्यताको अवस्था, उत्पादन र गुणस्तर, जस्ता जनपक्षीय विषयको ब्यवस्थापन र व्यवहार रहेको हुन्छ । ‘WORK IS WORSHIP CUSTOMER IS GOD’ को मान्यता राख्ने जापानिजहरू कठोर सङ्घर्ष गर्ने र श्रम र श्रमिकको उच्च सम्मान र आदर गर्ने जापान र हामीमा फरक छुट्याउन सक्यौँ भने हाम्रो विवेक (आइक्यु)को स्वयम् मापन गर्न सक्छौँ । कसैले ऋण काढेर दुःखले गरेको माछा पोखरीमा विष हालीदिन्छौँ, हुर्केको केराबारी फाँडिदिन्छौँ, फलेको फल सब्जी मौका पाए चोरिदिन्छौँ, ५० रुपियाँको सागको मुठो किन्दा करोड पर्ने गाडीबाट ओर्लिएर बार्गेनिङ गर्छौं, हप्काएर १० रुपियाँ सस्तो गर्न भन्छौँ, जब त्यही जापानिज ती पनि मानिस नै हुन् हामीजस्तै तर गाउको बाटोमा किसानले आफ्नो उत्पादन मानवबिहीन पसलमा मुल्य तोकेर छोडेर जान्छन्, राखिदिएको बाकसमा मुल्य खसाली सामान लिएर जान्छन् । चोर्नु हुँदैन सित्तैमा लिनु हुँदैन, किनभने त्यो किसानले बच्चा परिवार छोडेर घाम पानी नभनी पसिना बगाइ उत्पादन गरेर हाम्रो सुविधाको लागि तयार पारिदिएको हुन्छ । यो बेचेर उसले फेरि अरु उत्पादन गर्नु छ परिवार पाल्नु छ कति दुःख छ । हाम्रो मानसिकता विवेक ? यो स्तरको छ त ?

स्वतन्त्रता र अधिकारको मर्म र अर्थ ‘अर्कोको स्वतन्त्रतता र अधिकारको रक्षा’ गर्ने दायित्व पनि हो एक विवेकशील नागरिकले सोच्छ हामी आफ्नै मात्र सोच्छौँ न्यूनस्तरको आइक्यु यही हो । हाम्रो विवेकको स्तर त्यसबेला मात्र माथि उठ्नेछ तब देशको कुनै पनि प्रकारको निर्वाचन वा जनमत संग्रहमा प्रहरी वा सुरक्षा अधिकारीको परिचालन बन्द हुन्छ । किनकि विवेक भएको समाजमा एकले अर्कोको स्वतन्त्रता र अधिकारको पूर्ण सम्मान र रक्षा गर्छन् । नेपालमा आज प्रत्यक दिन २० वटा मनाबधिकार उल्लंघनका घटना घट्ने गरेको छ जुन राज्य र नागरिक दुवै पक्षबाट हुने गर्दछ । हाम्रो प्रहरीदेखि नेतासम्म कानुन उल्लंघन गर्छन् अर्कोको अधिकारको सम्मान गर्दैनन् । उच्च विवेक भएको नागरिक र नागरिक भएको देशमा अर्को महत्वपूर्ण पक्ष हो पशुपंक्षी र प्रकृतिको संरक्षण गर्नु, प्रेम देखाउनु, तर हामी बाघ चितुवा हात्ती गैंडालगायतको अवैध शिकार गर्छौं जसले हाम्रो विवेकको विश्वमा धज्जी उडिरहेको छ । जापानका खहरे खोलाहरूमा बेफिक्री माछाहरू खेली रहेका हुन्छन्, कसैले मार्दैन चोर्दैन किनकि त्यो प्राकृतिक मनोरमको रक्षा गर्ने नागरिकको कर्तब्य हो जापानिज हरूले बुझेका छन् ।

विवेक (आइक्यु) वा बौद्धिकता ब्यवहारमा कार्यन्वयन गर्नेमा जापान विश्वमै अग्रणी छ सन् १९४२ मै CIVIC SENSE ACT लागु गरेको हो । मैले लेखेको ‘परिबर्तनको लागि विवेकशीलता’ पुस्तकको मुख्य स्रोत र प्रेरणा नै जापानिज राज्य र नागरिकको बौद्धिकतापूर्ण बिबिध कामको उदाहरण सहित हो । जापानिजहरू मैले पुस्तकमा लेखेको ‘सृष्टिकर्ताले मानिसलाई दया करुणा सेवा र संवेदनशील प्राणी वा आफ्नै प्रतिनिधिको रूपमा बनाएका हुन्, तसर्थ जहाँ आवश्यकता देखिन्छ । जहिले सम्भावना हुन्छ बिनातर्क-बितर्क बिना आफ्नो/पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब बिना सुविधा/असुविधाको बहाना दया भाव देखाइहाल्नु पर्छ, जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाइहाल्नु एक विवेकशील अर्थात् आदर्श नागरिकको उदाहरण हुनु हो । ९९ प्रतिशत जापानिजहरू आफ्नो कुनै स्वार्थ र वास्ता नगरी सहयोगी बन्छन् हामी ? भर्खरै बानेश्वरमा घटेको आत्मदाहको घटनाको नजिक रहेका प्रतक्ष्यदर्शी प्रधानमन्त्री देखि सुरक्षा निकायर भिडियो बनाउने र अन्य भीडले आफु मानिस भएको प्रमाण समेत दिन असफल रहे सुन्य विवेक अमनावियताको यस्तो उदाहरण विश्वमा विरलै देखिन्छ । मानवताको उपहास भयो रमिता भयो हाम्रो सुन्य विवेक (आइक्यु)को यो शर्मनाक पछिल्लो विश्वले देखेको चित्र थियो । हामी अरुको निजी होस् कि राज्यको सम्पति तोडफोड आगजनी लुट गर्न दैनिक व्यस्त छौँ । सवारी दुर्घटना हुन्छ गल्ती त चालकको हो नि तर साधन जलाइदिन्छौँ त्यसको पछाडि ऋण परिवारको हामीलाई सोच्ने विवेक हुँदैन हाम्रो मुर्खतापूर्ण व्यवहार सामान्य मानिसभन्दा धेरै तल्लो स्तरमा पुगिसक्यो ।

आइक्यु नागरिक र राज्यको ब्यवहार अर्थात् ATTITUDE को मापन हो । आइक्युको गहनता राज्य र नागरिकको विवेक र जिम्मेवारी निर्वाह हो । बुद्धको जन्मभूमि नेपालका हामीले बुद्धत्व अनुशरण गर्न छोडेर झन्-झन् स्खलित विवेकको उदाहरण बन्दै जानु विडम्बना हो । नेपाली समाजमा बढ्दै गएको बेथिति र अविवेकीपनको अर्थात् खस्कँदै गएको बौद्धिकस्तरको परिमार्जन कसरी गर्ने भन्ने बोधले सन् २०१३ मा ‘परिवर्तनका लागि विवेकशीलता’ लेखेको थिए । पाताल पटक-पटक मनमा उठ्ने गर्छ के हामी मानव भन्न लायक छौँ ? पुस्तकको समीक्षा गर्दै बरिष्ठ पत्रकार एबम लेखक ‘मानिसलाई मानव बनाउने पुस्तक’ लेख्नुहुन्छ ।

हाम्रो आइक्यु विश्वमै न्यूनस्तरको भन्ने समाचारको चर्चा हुँदै गर्दा मैले फरक प्रसंगमा लेखेको थिए आर्थिक मितव्ययिता सुशासनको अमुल्य पक्ष हो नागरिकको सेवाको लागि राज्यले वडा स्तरमै राहदानी नागरिकता चालक अनुमति पत्र मालपोत भुमिसुधारलगायतको काम हुनु पर्छ ÷जुन विश्वकै प्रचलन हो । एक मेडियामा लामो समय काम गरेका व्यक्तित्वको प्रतिक्रिया थियो ‘मालपोतको काम वडामा हुनै सक्दैन । वहाँलाई थाहा नै रहेनछ कि घर जग्गाको काम REAL STATE गर्छ सरकारले होइन । हाम्रो न्यून विवेक वा बौद्धिक स्तरको राज्य संयन्त्र भएकै कारण आजको डिजिटल कालमा समेत सरकारी काम ‘निवेदन तोक आदेश दर्ता टिप्पणी सदर सिफारिस चलानी फेरि दर्ता तोक दर्ता तिपन्नी आदेश र सदरको गोलचक्करमा श्रमजीवि नागरिकलाई पिल्साइ रहेकाछौँ सिफारिस गर्ने वडा र जिल्ला एकै सरकारको निकाय होइन र फेरि अविश्वास र दुःख किन दिने ?आवश्यक कागजपत्र पुगेपछि वडामा नै सेवा दिँदा अझै विश्वासिलो र छरितो सेवा पुग्छ ।

उच्चस्तरीय विवेक (आइक्यु) भएका समाजमा स्मार्ट नागरिक हमेसा कानुनको सम्मान गर्ने पालना गर्ने कानुनबाट बच्न सचेत रहने कानुनदेखि डराउने र कानुनको सहायक बन्ने स्वयम् अनुशासित बन्ने गर्छन हामी न्यून बौद्धिकस्तरको भएकै कारण कानुन तोड्न सके राजनैतिक प्रशासनिक पहुचमा अनियमितता गर्ने सके वा आफ्नो अनुकुलताको लागि अर्कोको भाग (अधिकार )खोस्न सके आफुलाई स्मार्ट ठान्छ । कर छल्छौँ शक्तिको दुरुपयोग गर्न गराउन प्रेरित हुन्छौँ । मन्दिर होस् कि कार्यालय लाइनमा बस्न हामीलाई ‘दण्ड भोगे’जस्तो महसूस हुन्छ । मलाई जस्तै हत्तार र चटारो अर्कोलाई झन् होला हामी कहिले पनि सोच्दैनौँ । नियमित सरकारी वा अन्य सेवा लिन कि भनसुन कि बिचौलिया समात्ने गर्छौं । कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने योग्यता क्षमताको खडेरी परेको छ, स्वार्थ अनुकुल हेरेर हो र होइन को खुराफाती दुईअर्थी व्यवहार गर्छौं । हामो न्यून बौद्धिकताको प्रमाण यही हो ।

जापानिजहरू कामलाई पुजा र ग्राहकलाई भगवान ठान्छन् अब भगवानसँग घुष मागिन्छ त ? हाम्रोमा मागिन्छ हप्कीदप्की गरिन्छ अलिकति चित्त नबुझे हुने काम नहुने गराइदिन्छौँ अनि घुष लिएर नहुने हुने बने दिन्छौँ । हामी भीडबाट परिचालित हुन्छौँ । एउटाले गल्ती गर्दा अर्को बेसरोकारलाई समेत दण्डित वा दुःख पीडा दिन्छौ । हाम्रो बन्द हडताल अनि दुर्घटना हुँदाको ब्यवहारहरूले हाम्रो विवेकको मापन हुन्छ । जापानमा बस हड्ताल हुँदा बस नियमित सञ्चालन हुन्छ मात्र यात्री संग सुल्क लिने मेसिन बन्द गरि दिए हाम्रो मागको कारण यात्रीले दुःख पाउनु हुन्न भन्ने चेत जापानिजहरूमा भएको कारण यात्रीले गन्तब्य पाए दुख पाएन । हामी के गर्छौं ? सडक अवरोध गर्छौं अर्को कार ट्याक्सीहरूलाई अवरोध गर्छौं उस्तै परेर जुलुस तोडफोड आगजनी जस्ता क्रुर र अमानवीय कर्म गर्छौ त्यसैले हाम्रो विवेक सून्यताको मापन भएको हो । जापानमा ट्राफिक प्रहरीले सवारी साधन चेक गर्न सडकमा गाडी रोक्छन् र भन्छन् तपाइको काममा ढिला बाधा पुगेकोमा माफ पाउँ भन्छन् अनि आज हामी नियमित काममा छौँ कागजपत्र दिएर सहयोग गरिदिनुस् भनेर अनुरोध गर्छन् । अनि चालक भन्छन् कति राम्रो काम धन्यवाद हाम्रो सुरक्षाको चिन्ता लिनुभएकोमा भनेर मागेको कागजपत्र दिन्छ अनि प्रहरीले हाँसेर सहयोग गर्नुभएकोमा धेरै–धेरै धन्यवाद सुरक्षित यात्राको कामना गर्दै हातमा केरा स्याउ थमाइदिन्छन् अनि हाम्रोमा ?

आफ्नो औकात भन्दा बाहिरको अरुको नक्कल गर्ने आफूलाई अरुसँग दाज्ने अर्कोले गरेको खराबीको पनि अनुशरण गर्ने हाम्रो न्यून बौद्धिकताको प्रमाण हो । समान मानवीय मुल्य र मान्यताको मर्मलाई हामीले आत्मसात गर्न सकेका छैनौँ । जात धर्म वर्ग र समुहमा विभाजित छौँ हामी श्रम र श्रमिकको उचित सम्मान गर्न सकेका छैनौँ । घर होस् कि कार्यालयमा आफ्नो काम आफै गर्दैनौँ । हामी नेता भनसुन हस्तक्षेप अवरोध खुराफात धुर्त्याइँ खुट्टा तान्ने प्रवृत्ति समयको महत्व स्वयम् अनुशासित खर्च नीति ढोके प्रवृत्ति अविश्वास परपीडक र नकारात्मक सोचभन्दा माथि उठ्न नसक्नु नै हाम्रो न्युन बौद्धिकता स्तर हो । परनिर्भरता अर्को स्खलित मानसिकताको सूचक हो । हाम्रो आवेग असहिष्णुता राष्ट्रिय कोषको दोहन सार्बजनिक सम्पतिको दुरुपयोग र अतिक्रमण हाम्रो विवेकहीनता वा न्यु बौद्धिकताको प्रमाण हो । बोलि काम र त्यसको प्रतिफलको मुल्याङ्कन नगरी ‘गफै’लाई महान् ठानी देवत्वकरण गर्ने प्रवृत्ति पनि न्यून बौद्धिकताको कारण हो । जापानमा गाउँतिर पस्यो भने मानवविहीन कृषि उत्पादनका पसलदेखि आधुनिक भेडिंग मेसिन मा रक्सि चुरोट सिनेमाका चक्का आदि हुन्छन् तोकिएको मुल्य बाकसमा हालेर उत्पादन लिएर जान्छन् । कसैले चोर्दैन छल्दैन फोर्दैन किनकि ती उत्पादन त्यहाँसम्म पुऱ्याउन किसानले बाल बच्चा घरमा छोडेर घाम पानि सहेर महिनौँ लगाएर हाम्रो सुविधाको लागि राखिदिएको छ जुन आम्दानीले उसले घर परिवार पाल्नु छ उनिहरूको शिक्षादीक्षा दिलाउनुछ भनेर सोच्ने गर्छन् । हामीले कहिले सोच्ने र हाम्रो बौद्धिक स्तर दुनियाको कम छैन भनेर प्रमाणित गर्ने ।

हामी यथार्थतामा होइन भावानामा बहकिन्छौँ कानुन तोड्छौँ आफ्नो सोच आफ्नो आफ्नो स्वार्थप्रधान ठान्छौ आफ्नो कारणले अर्कोले परेको पीडा नोक्सानीले हामीलाई दुख्दैन । अर्कोको विचारको सम्मान गर्न असमर्थ छौँ, म मेरो स्वार्थ हेर्ने हो अरुको के मतलब भन्ने हाम्रो सोच छ । हाम्रो समाजमा सम्बन्धित विषयमा स्कुल नगएको व्यक्ति ब्यवसाय गर्छ, जिम्मेवारी उठाउने गर्छ, जस्तै- धेरै बैंकर्स हेरौँ, मन्त्री हेरौँ । नक्कली डाक्टर नक्कली पाइलट नक्कली औषधि समय सिमा नाघेको औषधि अखाध्य बस्तुको बिक्री नक्कली प्रमाण पत्रको उपयोग गर्ने सेना प्रहरी न्यायाधीश शिक्षक अनि देशको ब्यवस्था अवस्था कस्तो हुन्छ ।

सुशासन ब्यवस्थापन मानवीयतापूर्ण आचरण ब्यवहार अनुकरणीय जीवन र दैनिकी नागरिकको खुसि र भौतिक सुविधाको पहुचका नागरिक अनुसन्धान विज्ञता राष्ट्रिय उत्पादन र गुणस्तरका आधारमा विवेक (आइक्यु )मापन वा मुल्यांकन हुन्छ । तसर्थ हाम्रो विवेक (आइक्यु )तब मात्र माथि उठ्ने छ जब स्कुल कलेज मन्दिर मस्जिदमा सुरक्षाकर्मी खटाउनु नपर्ने वातावरण बन्छ । सार्बजनिक यातायातमा सहायक (खलासी) राख्नु नपर्ने स्तरका यात्री हुन्छन् । कुनै पनि प्रकार र तहको निर्वाचनमा सुरक्षाकर्मी परिचालन गर्न बन्द हुन्छ । आफुले आफैलाई मुल्यांकन गर्ने होइन, अरुले गर्ने हो । बुद्धको जन्मभूमि र वेदको उद्गमस्थल मन्दिर नै मन्दिरको कहिले कसैको गुलाम नरहेको सैयौँ नदि सभ्यताले सिञ्चित हाम्रो समाज किन आज न्यूनस्तरको बौद्धिकमा स्खलित हुन् पुग्यो ? राज्य र समाजका बौद्धिक भनिने नागरिक समाजले गहन छलफल गर्न ढिला भइसक्यो ।