एकादेशको लुट : माटो दोषी ठेकदारलाई छुट !

एकादेशको लुट : माटो दोषी ठेकदारलाई छुट !


✍ अर्जुनराज पन्त

मानव जीवनको आधार त्यो माटो
बदनाम पो गर्छन् टाठो र बाठो

त्यहि माटो बिना बल्दैन चूल्हो
खाइन्न पैसा पारेर धूलो

एकादेशमा अहो आयो कस्तो लुट
माटालाई दोष दिइ ठेकेदारलाई छुट

न्यायमुर्ति भन्ने गर्छन् यस्ता कुरा
पाएसि खान ठेकेदारको पुरा

भत्किन्छ नहर दोषी भो माटो
उप्किँदा पिच दोषी भो बाटो

भत्किँदा पुल दोषी भो खोला
यस्तै नजिरले अरु के के होला!

बलत्कारी केसमा जो छन् ती जेलमा
नमिल्दा हिसाब प्रेमका खेलमा

बैँसलाई दोष दिइ तीन्लाइ नि छोड्देउ
जुन क्षेत्रका हुन त्यहि लगि जोड्देउ

मान्छे काटेर जो जेलमा परे
हातले त हैन हतियारले अरे

हतियार पो थुन्नु मान्छे थुन्नु किन ?
देख्न पर्ने भो अब त्यस्ता दिन

जेलमा थुनिने भयो आज माटो
लापरबाही गर्ने ठेकेदारको साटो

त्यहि माटो लगि जेलभित्र थुन
पर्दैन कोही द्वारपाले हुन

माटैका नाममा सिधा नि भर
अख्तियार र ठेकदार बाँडीचुँडी गर

क्यारेर तीन्लाई न्यायमुर्ति भने
माटै बाट कि ती मुर्ति बने !

टाउको बनाउँदा नपुगेर माटो
थपे कि गोवर माटाको साटो

मिलेको देख्दा अख्तियार र ठेकदार
निर्दोषी माटो भयो आज दिक्दार !