हिमालयन र सिभिल बैंकले फागुन १२ देखि एकीकृत कारोबार गर्ने

हिमालयन र सिभिल बैंकले फागुन १२ देखि एकीकृत कारोबार गर्ने



विभिन्न वाणिज्य बैंकहरु धमाधम मर्जर प्रक्रियामा गइरहेको परिवेशमा हिमालयन बैंक र सिभिल बैंकले पनि एकीकृत कारोबार शुरु गर्न लागेका छन् । यही फागुन १२ गतेदेखि यी दुई बैंकले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो । गत पुस २८ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

दुई बैंकबीच भएको सहमतिअनुसार हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको शेयरधनीको शेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको शेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो ।

डाटा माइग्रेशन प्रक्रियाको लागि सिभिल बैंकको फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुने र हिमालयन बैंकको चाहिँ फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहने बताइएको छ ।