टाइगर कप भलिबलमा खेलाडीमाथि बोतल हानाहान !

टाइगर कप भलिबलमा खेलाडीमाथि बोतल हानाहान !


पोखरामा जारी रहेको टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएको छ ।

पोखराको रंगशालामा आयोजित उक्त खेलमा आइतबार गण्डकी प्रदेश र शास्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो ।

खचाखोच दर्शकले भरिएको खेलमैदानमा आज ५००० भन्दा बढी दर्शकले खेल अवलोकन गरेको अनुमान गरिएको छ ।

खेल संचालन गराउने क्रममा आयोजकले पनि सुरक्षाको विषयलाई त्यति चासो नदिएको र क्षमताभन्दा बढी दर्शकलाई प्रवेश गराएकै कारण यस्तो हुन पुगेको दर्शकहरुले बताएका छन् ।

खेल संचालनको क्रममा पछाडि रहेका दर्शकलाई खेल हेर्न असहज भएपछि केही दर्शकले सशस्त्रका खेलाडीहरुलाई बसिदिन आग्रह गरेका थिए । त्यसैक्रममा खेलमा सहभागी रहेका खेलाडीले रिस देखाएपछि खेल मैदानमा विवाद सृजना भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडीमाथि नै बोतल प्रहार गरेका हुन् । बोतल प्रहार भएपछि सशस्त्रको खेलाडीहरुले पनि रिस थाम्न नसकी उल्टै दर्शकतर्फ प्रहार गर्न लागेपछि दोहोरो बोतल हानाहान भएको थियो ।

केही समयको विवादपछि अन्ततः आयोजकले सुरक्षा घेरामा राखेर खेल अगाडि बढाएको थियो भने आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेश प्रथम र सशस्त्र प्रहरीको सहभागी टिम दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।