जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना

जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री किशिदाले चिनियाँ नयाँ वर्ष (वसन्त पर्व)को अघि प्रधानमन्त्रीको सरकारी निवासको वेबसाइटमा जापानमा बसोबास गर्ने चिनियाँ तथा चिनियाँ नयाँ वर्ष मनाउने मानिसहरूका लागि शुभकामना सन्देश जारी गरेका छन् ।

किसिदाले सन्देशमा भनेका छन्- ‘अघिल्लो वर्ष हामीले कोरोना भाइरस महामारीसँगको युद्धको सामाना गर्नुपऱ्यो । महामारीका बीच निकै कष्टकर समय गुजाऱ्यौँ । म आशा गर्दछु कि यो नयाँ वर्षले सबैका लागि शान्ति र सामान्य जीवनमा फर्कने वातावरण सिर्जना गर्नेछ।’

उनले थपेका छन्, ‘जापानले विश्वव्यापी मूल्यमान्यतामा आधारित अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तको संरक्षण र सुदृढीकरणको प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेको छ । जतिसुकै कठिन भए पनि सबै मिलेर हिँड्ने हो भने पक्कै पनि यो कठिन अवस्थालाई सजिलै पार गर्न सकिन्छ।’

पछिल्ला दिन जापानले चीनप्रति एकतर्फीरुपमा सीमा प्रवेशमा कडाइ गरेको भन्दै चीनले जापानबाट चाइना जाने भिसा जारी स्थगन गरेको घटनाहरुले जापान-चीन सम्बन्ध थप बिग्रेको प्रतीत भइरहेको छ । यसैसमयमा चिनियाँ नया वर्षको अवसरमा सुभकामना सन्देश दिइनुले जापान कुटनीतिकरुपमा चीनसँग सम्बन्ध सुधारको लागि प्रयत्न गरिरहेको बुझिएको छ।