आजको पञ्चाङ्ग एवम् राशिफल (८ माघ २०७९ आइतबार, २२ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ माघ २०७९ आइतबार, २२ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ ८ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी २२ तारिख माघ शुक्ल पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र ७ः४९ पर श्रवण नक्षत्र बज्र योग किंस्तुघ्न करण आनन्दादिमा मुशल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३५ बजे हुनेछ । श्रीवल्लभ जयन्ती, सोनम ल्होसार ।

आजको राशिफल

मेष – आज अस्वस्थता र कमजोरीको अनुभूति होला । चाहेर पनि शारीरिक सक्रियता नहुँदा चिन्ता जाग्न सक्छ । श्रमको मूल्य प्राप्त नहुने समय छ भने उपचारमा खर्च हुन सक्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग चिनजान र निकटता बढ्ने योग रहेकोले प्रयत्न जारी राख्नु हितकर होला । मिठो भोजन प्राप्त होला ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ, तर आश्वासन दिनेले छल गर्न सक्छन्, सचेत रहनुहोला । अप्ठ्यारो परिस्थिति उत्पन्न हुन सक्छ, धैर्यताका साथ व्यवहार गर्नुहोला । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – दिन शुभदायी छ । आम्दानी बढ्ने र प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद रहला । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । इर्ष्यालुजन परास्त होलान् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ भने व्यवसायमा पनि फाइदै हुनेछ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ, ख्याल राख्नुहोला । आजको दिन सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – सामर्थ्य र शुभता बढ्नेछ । आरोग्य बढ्नेछ । दिन शुभदायी छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्ने योग भए पनि आत्मविश्वासले कार्यगति चुस्त रहला। प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। यात्रामा सफलता प्राप्त हुनेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । आज आफ्नै व्यवहारले केही विवादमा पर्न सक्ने भएकोले सजग रहनुहोला । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धी परास्त होलान् । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । मान सम्मानमा निरन्तर वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आज व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग भए पनि मुद्दामामिलामा तपाईंको जित हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। तथापि, धन आर्जन गर्ने मौका जुर्न सक्छ ।

वृश्चिक – खेलकुद तथा भ्रमणमाआकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। साझेदारीमा समस्या आउने देखिन्छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आरोग्यता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्ने योग छ, सावधानीसाथ व्यवहार गर्नुहोला । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आज गरेका कामबाट सोचेको लाभ भने नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । मित्रताको बन्धन कसिने सम्भावना छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – लगानी वृद्धि हुने र पराक्रम बढ्ने समय छ । बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। अध्ययनमा प्रगति हुने समय छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। तर शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आयबल वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।