जेरार्डको घर छेउमा साकिराले लगाइन् पर्खाल

जेरार्डको घर छेउमा साकिराले लगाइन् पर्खाल


पतिसँग अलग्गिएपछि ऊसँगको सम्बन्धलाई सदाका लागि बिर्सन पत्नीले कतिसम्म काम गर्छन् भन्ने उदाहरण कोलम्बियन गायिका साकिरालाई हेरे पुग्छ । साकिराले पूर्वपति जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत टुटाउन अनौठो उपाय अपनाएकी छन् ।

मोन्टसेराट बस्ने घर र साकिरा बस्ने सँगै छ । सोहीकारण दुवै परिवारबीचको बोलचाल र सम्बन्धलाई पूर्णविराम लगाउनका लागि साकिराले दुवै घरको बीच भागमा पर्खाल निर्माण गर्न थालेकी छन् ।

‘वाका वाका’ गायिकाको स्पेनमा रहेको घरको केही क्षेत्र उनको पूर्व परिवारको घरसँग जोडिएको छ । त्यसकारण साकिरा पिकेसँग अलग भएपछि पिकेसँग जोडिएका हरेक कुराबाट अलग हुन चाहेकी छन् ।

हालैमात्र एक टेलिभिजनले बार्सिलोनामा रहेको साकिराको घर अगाडि सिमेन्टको मिश्रण गर्ने गाडीसहितको सामग्री फेला पारेको थियो ।