आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०७९ शुक्रबार, २० जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ माघ २०७९ शुक्रबार, २० जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ ६ गते शुक्रबार तद्अनुसार सन् २०२३ जनवरी २० तारिख माघ कृष्ण पक्षको त्रयोदशी तिथि ७ः३९ पर चतुर्दशी तिथि मूल नक्षत्र व्याघ्यात योग भद्रा करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३३ बजेम हुनेछ । लैचह्रेपूजा ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ भने बोलीको भरमा काम सम्पादन हुन सक्छ। आर्थिक उपार्जनको नयाँ बाटो खुल्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । जोखिमप्रति सचेत रहनुपर्ने भए पनि व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। आज अनावश्यक भ्रमण हुन सक्छ, विचार गरी कदम चाल्नुहोला । स्वास्थ्यमा समस्या आउनसक्छ, सचेत रहनु हितकर हुनेछ । यसका बाबजुद मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । दाम्पत्यसुख बढ्नेछ ।

कर्कट – आजको दिन त्यति शुभदायी नरहने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुने र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – पहिलेको सफलताले थप हौसला जगाउने समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ, सचेत रहनुहोला । विगतका समस्या बल्झिन नदिन विशेष सतर्कता अपनाउनुपर्नेछ । सानातिना काम र घरेलु समस्या देखापर्ला । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – ब्यस्तता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – पराक्रम र आरोग्य बढ्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । कामको चाप बढ्नुका साथै केही समस्या देखिए पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – मान वृद्धि हुनेछ । सामर्थ्य पनि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने समय छ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ। अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आरोग्यता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । आजको दिन सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । सहयोगीहरूको भर नपर्नु उचित हुनेछ ।

मकर – लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । इर्ष्या गर्नेहरूबाट जोगिनुहोला । कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – पराक्रम बढ्ने र प्रयासरत काम बन्ने समय छ । देखापरेको समस्याको समाधान मिल्नेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय होला । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मीन – कर्मबल तथा कार्यदक्षता वृद्धि भएपनि आज काममा रोकावट भएको महसूस होला । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताका कारण काममा ढिलासुस्ती हुन सक्छ । दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।