आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०७९ बिहीबार, १९ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०७९ बिहीबार, १९ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ५ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी १९ तारिख माघ कृष्णपक्षको द्वादशी तिथि ९ः४१ पर त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र १२ः२५ पर मूल नक्षत्र ध्रुव योग गर करण आनन्दादियोगमा काल योग चन्द्रमा वृश्चिक राशीमा १२ः२५ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ बजे र सूर्यास्त साँझ १७ः३२ बजे हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक रहनेछ । मनोरञ्जनात्मक किसिमले दिन बित्नेछ । प्रेमको बन्धन कसिनेछ । आज सवारीसाधन उपयोग गर्दा भने अलिक सावधानी अपनाउनु हितकर होला । रोकिएका काम बन्नाले उत्साह जाग्ने, तर आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको दिन यात्रा सफलतादायी हुनेछ ।

वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने बेला भए पनि सोचीविचारी कार्य गर्नु बेस हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। धन एवम् प्रतिष्ठा कमाउने बेयोग छ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आरोग्यता बढ्ने र दाम्पत्यसुखमा रम्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – प्रेमभाव वृद्धि हुने र नयाँ सम्भावना देखिने समय भए पनि बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ। कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना रहेकोले धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आरोग्यता बढ्नेछ भने प्रेमपात्रसित भेटघाट हुने दिन छ । यात्राजन्य कार्यमा सफलता प्राप्त होला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ, आज कसैको भर नपर्नु नै हितकर रहला । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून मात्र सफलता मिल्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

सिंह – आफन्तसित भेटघाट हुने र सन्तानबाट सुख प्राप्त हुने दिन छ । तर बन्न लागेको काम अचानक बिग्रन सक्छ, होसियार रहनुहोला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त होला ।

कन्या – कार्यक्षमता वृद्धि हुने र परिवारिक सुख वृद्धि हुने दिन छ । भाग्यबल बढ्नेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्न सक्छ, सावधानी अपनाउनुहोला । आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ। आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान–महत्व बढ्ने र धन मान वृद्धि हुने दिन छ । रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। तर काम बिग्रने भयले सताउला ।

वृश्चिक – दिन त्यति शुभदायी देखिन्न । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग पनि छ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ला । धैर्य र संयमतापूर्वक काम गरेमा सफलता मिल्नेछ ।

धनु – आइपरेका समस्याको समाधान गर्नुहुनेछ, तर तर व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुने सम्भावना धेरै छ । शारीरिक तथा आर्थिक हित हुने काममा लाग्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

मकर – दिन राम्रो छ । शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक सुख बढ्ला । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । रसरागको भाव वृद्धि होला । ार्थिक पक्ष बलियो बन्ने छ ।

मीन – कर्मबल बढ्नेछ तर इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूलाई अधिकार जमाउन नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ ।