आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०७९ बुधबार, १८ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०७९ बुधबार, १८ जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ ४ गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी १७ तारिख माघ कृष्ण पक्षको एकादशी तिथि अनुराधा नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३१ बजेमा हुनेछ । षट्तिला एकादशी व्रत ।

आजको राशिफल

मेष – तपाईंका प्रतिष्पर्धीहरू आज पछि पर्नेछन् । कठोर प्रयत्नले काममा सफलता प्राप्त हुनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन आरोग्यता र दाम्पत्य सुख बढ्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । सन्तानबाट सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान मिल्नेछ ।

मिथुन – आरोग्यत मिल्नुका साथै कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेम तथा रसरागमा आकर्षण बढ्ला । राम्रै आयआर्जन हुने योग छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। मनको डर उत्साहमा रूपान्तरित होला । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिन सामान्य छ । रोग र शत्रुमाथि विजय प्राप्त होला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – ब्यस्तता बढ्नेछ । स्थानान्तरणको योग पनि छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । पछिको लागि फाइदा हुने काममा लगानी बढाउन सकिनेछ ।

कन्या – पराक्रम बढ्नेछ भने ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम तथा मित्रताको गाँठो कसिएला । रसरागमा आकर्षण र सुख बढ्नेछ ।

तुला – आर्थिक उपार्जनको दृष्टिमा दिन राम्रो छ । आरोग्यता पनि बढ्नेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मान सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यता वृद्धि हुने योग भए पनि आज प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्नेछ । पहिलेका कर्मको प्रतिफल पाइनेछ र कामको चापबाट पनि फुर्सद मिल्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, होसियार रहनुहोला । पराक्रम भने वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – प्रतिष्पर्धीहरूले अप्ठ्यारो पार्ने प्रयास गरे पनि अवरोध पन्छाएर अघि बढ्नुहुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । आरोग्यता बढ्नेछ । धनको आगमन भइरहनेछ । रोकिएको काम बन्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – दिन राम्रै छ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कार्य क्षमता वृद्धि हुनेछ, तर काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ। तथापि, विशेष प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउने योग छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्न सक्छ। देखापरेको समस्याको समाधान मिल्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आजको दिन त्यत्ति शुभदायी नरहला । भाग्यबल बढे पनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। काम बिग्रने डरले सताइरहनेछ । कार्यदक्षता तथा पराक्रम वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।