आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७९ मंगलबार, १७ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७९ मंगलबार, १७ जनवरी २०२३)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ३ गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी १७ तारिख माघ कृष्णपक्षको दशमी तिथि विशाखा नक्षत्र गण्ड योग बब करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा तुला राशीमा ८ः३१ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ बजे र सूर्यास्त साँझ १७ः३० बजे हुनेछ ।

आजको राशिफल

मेष – परिवारिक सुख प्राप्त हुने र आरोग्य बढ्ने दिन छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । आत्मियजनसँगको भेटघाटले दिनको पूर्वार्ध रमाइलो रहनेछ । प्रेमको बन्धन कसिन सक्छ । धन कमाउने अवसर पनि मिल्ला । रोकिएका काममा फेरि प्रयत्न गर्नु सुखद परिणामदायी हुनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आरोग्य बढ्ने र चिताएको काम बन्ने दिन छ । रसरागमा पनि आकर्षण बढ्नेछ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ भने दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन प्रेमभाव वृद्धि हुनेछ भने रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर, छरछिमेकमा विवाद उत्पन्न हुन सक्ने योग रहेकोले सावधान रहनु श्रेयष्कर होला । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – प्रेमपात्रसित भेटघाट हुने सम्भावनाको दिन छ । यात्रामा सफलता प्राप्त हुनेछ, तर अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – व्यस्तता बढ्नेछ । आरोग्यता रहने दिन छ । शुभ समाचार प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दिन राम्रो छ । कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि होला । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रसविलासमा रुची बढ्नेछ ।

तुला – मिश्रित फल दिने दिन छ । मान-महत्व बढ्नेछ तर प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आजको दिन योजनाहरूको गोपनीयतामा विशेष ध्यान दिनुहोला । नातेदारहरुसंग झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ । गरिरहेको काममा केही समस्या वा अवरोध पैदा हुन सक्छ, तर समस्याको सामना गरी समाधानको बाटो पहिल्याउनुहुनेछ । आज योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला ।

धनु – देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्ने दिन छ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

मकर – आयबल बढ्ने र पारिवारिक सुख प्राप्त हुने दिन छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – आजको दिन कर्मबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहला । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – भाग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । सुखी र सफल रहनुहुनेछ । आशा उत्साह बढ्नेछ ।