आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७९ सोमबार, १६ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७९ सोमबार, १६ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी १६ तारिख माघ कृष्णपक्षको नवमी तिथि स्वाती नक्षत्र शूल योग वणि करण आनन्दादियोगमा छत्र योग चन्द्रमा तुला राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ बजे र सूर्यास्त साँझ १७:३० बजे हुनेछ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।

आजको राशिफल

मेष – आजको दिन राम्रो छ । प्रेमभाव बढ्नेछ, दाम्पत्य सुख रहला । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ ।सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – आरोग्यता वृद्धि हुने र रसरागमा आकर्षण बढ्ने दिन छ । मनोकूलको काम बन्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने कमीकमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । धन आर्जन हुने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – प्रेमभाव वृद्धि हुनेछ र नयाँ सम्भावना देखिन्छ । काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति पनि आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – ब्यस्तता बढ्ने र यात्रामा सफलता प्राप्त हुने दिन छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम अघि बढ्नेछ । हित चिताउनेहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूको भरपर्दा धोका मिल्ने योग छ । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

सिंह – आरोग्यता बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तसित भेटघाट हुनेछ । धन सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दिन सुखद रूपले बित्ला । कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख बढ्ला । भाग्यबल बढ्नेछ । धन तथा भौतिक बस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रसविलासमा रुचि बढ्नेछ ।

तुला – आरोग्यबल बढ्नेछ, तर आज वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनुहोला । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, याद राख्नुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफन्तको सहयोग रहनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन मिश्रित फल दिने प्रकारको छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। आय वृद्धि हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – कर्मबल बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मान समेत पाप्त हुने समय छ। पारिवारिक सुख प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – भाग्यबल र सामर्थ्य बढ्नेछ । रसरागको भाव वृद्धि होला । बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आश मारेको कामले उत्साह जगाउनेछ। विजयश्री मिल्ने छ ।

मीन – जोखिम बढ्नेछ । अरुको भर पर्नु हितकर हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् र पनि मनअनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।