आजको पञ्चाङ्ग एवम् राशिफल (३० पौष २०७९ शनिबार, १४ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० पौष २०७९ शनिबार, १४ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष ३० गते तद्अनुसार सन् २०२३ जनवरी १४ तारिख शनिबार माघ कृष्ण पक्षको सप्तमी तिथि हस्ता नक्षत्र अतिगण योग बालव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२८ बजे हुनेछ । अष्टमी व्रत ।

आजको राशिफल

मेष – आर्थिक लाभ हुने र घर-परिवारबाट सुखशान्ति मिल्ने दिन छ । आरोग्यता पनि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आशा उत्साह बढ्नेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन प्रेमभाव वृद्धि हुने र काममा सफलता मिल्नेछ, तर नसोचेको खर्च हुुनाले मन पिरोलिन सक्छ । पारिवारिक समस्याको समाधान मिल्ने र रसरागमा आकर्षण बढ्ने योग छ । परिवारिक सुख बढ्ला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कामको सिलसिलामा ब्यस्तता बढ्ने दिन छ । आइपरेका समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।

कर्कट – धन मान वृद्धि हुने र सुख-सुविधाका बस्तु बढ्ने दिन छ । आज बनेको नयाँ योजनाले दीर्घकालिक लाभ प्रदान गर्नेछ, सिर्जनात्मक बन्ने प्रयत्न गर्नुहोला । सकारात्मक प्रभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – दिन मनोरञ्जनपूर्ण रहला । कार्यदक्षता, आरोग्यता र सुख बढ्ने योग छ । नयाँ कामका योजना बन्ने सम्भावना छ भने रमाइलो तरिकाले कामह गर्न पाइनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – दिन त्यति शुभदायी नहोला । आज बनेको योजना कार्यान्वयनमा आउन कठिन होला । आरोग्यता बढे पनि अनाहकमा मनमा छटपटी चल्न सक्छ । धैर्यताका साथ कार्य गर्ने प्रयत्न गर्नु हितकर हुनेछ । वादविवादको सामना गर्नुपर्ने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन राम्रैसँग बित्ला । स्वास्थ्य सबल रहनेछ भने आर्थिक दृष्टिकोणले पनि राम्रो समय छ । मनोकूलको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नुहोला ।

वृश्चिक – आयबल बढ्ने र काममा सफलता प्राप्त हुने दिन छ । मनोरञ्जनपूर्ण समय छ । कामबाट फुर्सद मिल्नेछ भने प्रसन्नता बढ्ला । दाम्पत्यसुख रहनेछ । सुख–सुविधाको बस्तुमा मन जाला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कर्मबल बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ दिन छ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सन्तानसुख बढ्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।

मकर – आरोग्यबल बढे पनि आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । पीडा दिनेहरु सक्रिय भएकाले सावधानी अपनाउनु बेस हुनेछ । स्वास्थ्यप्रति पनि खास ध्यान राख्नुपर्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – दौडधुप बढे पनि आजको दिन पारिवारिक सुख बढ्नेछ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – आजको दिन नसोचेको ठाउँबाट आर्थिक लाभ हुने यो छ । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला । समस्याको समाधान प्रप्त होला ।