आजको पञ्चाङ्ग एवम् राशिफल (२९ पौष २०७९ शुक्रबार, १३ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ पौष २०७९ शुक्रबार, १३ जनवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २९ गते शुक्रबार तद्अनुसार सन् २०२३ जनवरी १३ तारिख माघ कृष्ण पक्षको षष्ठी तिथि १४ः८ पर सप्तमी तिथि उत्तरा फाल्गुनी नक्षत्र १३ः१७ पर हस्ता नक्षत्र शोभन योग ८ः८ पर अतिगण्ड भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन लाभप्रद कार्य आरम्भ गर्दा फलदायी हुने योग छ, तथापि, कार्यमा केही समस्या देखापर्न सक्छ, सावधानीपूर्वक कार्य गर्नुहोला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीका काम गरिरहनुभएको छ भने लाभ मिल्ने दिन छ । आरोग्यता बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – दिन मिश्रित फल दिने प्रकारको छ । पुरानो समस्याले झमेला आइलाग्ने र दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। आत्मविश्वास भने उच्च रहला । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामको ढोका समेत खुल्ने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्ला । प्रेमभाव बढ्नेछ । सन्तानसुख मिल्नेछ । रसरागका कार्यप्रति आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन ब्यस्तता वृद्धि हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान राख्नुहोला । योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । दौडधुपमा समय बित्नेछ । आरोग्यता भने बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – पराक्रम बढ्ने र दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । आज लेनदेनको विवादले भने अप्ठ्यारो पर्न सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। शत्रुमाथि विजय प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – धन र आरोग्य शक्ति बढ्ने समय छ । सहयोगीहरूले हात झिक्नाले अलिम अप्ठ्यारोमा परे पनि आज तपाईंले सोचेका योजना पूरा हुन सक्छ । आज आर्ज भएको धनचाहिँ तत्काल खर्च हुने योग छ । खर्च गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

कन्या – आरोग्यता बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ। नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । कृषिकर्म एवम् चौपायाबाट लाभ मिल्नेछ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्ने योग पनि छ । काम बिग्रने डरले सताइरहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । लगानी बढ्नेछ भने विगतको सफलताले कार्यमा हौसला प्रदान गर्नेछ । आज धनलाभको सम्भावना छ । टाढाको यात्राको योग रहेको छ । दिन रमाइलैसंग बित्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आयबल र पराक्रम वृद्धि हुनेछ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । आज खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबल र आरोग्यता बढ्नेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – शुभता बढ्नेछ । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । आशा उत्साह बढ्ला । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – भागदौड र कार्यक्षमता वृद्धि हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – प्रेमभाव र आरोग्यता बढ्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।