आजको पञ्चाङ्ग एवम् राशिफल (२८ पौष २०७९ बिहीबार, १२ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ पौष २०७९ बिहीबार, १२ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष २८ गते तद्अनुसार सन् २०२३ जनवरी १२ तारिख विहीबार माघ कृष्ण पक्षको पञ्चमी तिथि १३ः१० पर षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र ११ः४७ पर उत्तरा फाल्गुनी नक्षत्र सौभाग्य योग ९ः८ पर शोभन योग गर करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन प्रेमपात्रसित भेटघाट हुने र मनोकूलको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – सफलतााको लागि केही बढी नै मिहिनेत गर्नुपर्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने दिन छ । रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – पराक्रम वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – आजको दिन धन मान आरोग्यता वृद्धि होला । सुख–सुविधाका बस्तु बढ्नेछ । कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । आज सकारात्मक प्रभाव बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आजको दिन आरोग्यता र कार्यगति बढ्नेछ । कर्ममा रुचि बढ्ला । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ, ध्यान राख्नुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उपयुक्त हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – लगानका साथै साहस वृद्धि हुने दिन छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। रसरागमा रुचि बढ्नेछ । आयबल वृद्धि हुने भए पनि आज स्वास्थ्यगत समस्या आइपर्न सक्छ, सचेत रहनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्ने समय भए पनि सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ । दाम्पत्य सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नुहोला । जोखिममा नपर्नु हितकर हुनेछ ।

धनु – प्रतिष्पर्धामा विजयी हुने योग छ । तथापि, लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला । कार्यक्षमता भने वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ र कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने योग रहे पनि समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति होला । जोखिममा नपर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आरोग्यता र परिवारिक सुख बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आज आरोग्यता बढ्ने भएपनि आफन्तको साथ कमै मिल्नेछ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम अधुरो रहनाले मन खिन्न होला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । तथापि, विशेष प्रयत्नले समस्याको समाधान मिल्नेछ ।