फूलबिनाको जीवन

फूलबिनाको जीवन


  • डिल्ली अम्माई

ज्योति बनोस् अबको विश्वक्रान्ति
नयाँ सभ्यताको सृजनाको प्रेरणा
आर्थिक दासताबाट मुक्त
इन्कलाब बनोस् अबको महासमर

तेश्रो विश्व युद्ध
र, त्यसपछिको प्रलय कदापि नबनोस्
अबको युद्ध विवेकको मैदानमा
बगैँचाको सुन्दरताबीच इन्द्रेणी बनोस्

महायुद्ध,
सभ्यताको अन्तिम फूल नबनोस्
प्रेम र विश्वबन्धुत्वको बिहानीमा
हरामीहरूले आफ्नो क्रूरता देखाउँदै छन्
र विश्वयुद्धको लागि निर्दोष मार्दै छन्
थाहाा छ उनीहरुलाई,
युद्धमा मानिसका सभ्यताहरू नष्ट हुनेछन्
फूल जस्ता भाविष्यहरु निमोठिनेछन्
र फूलको समाप्तिपछि
बाँचेकाहरु पनि निरास हुनेछन्
फूलबिना मानिस
बाँच्न पाउँदाको आनन्द गुमाउने छन्

त्यसैले,
नयाँ सभ्यताको ज्योति बनोस् अबको विश्वक्रान्ति
प्रेम बनोस् अबको उथलपुथल
किनकि,
बाबुआमाबिनाको बालक
छिमेकीबिनाको परिवार
समाजबिनाको घर झैँ
निरस, निसहाय र एक्लो हुन्छ,
त्यसैले,

संसारलाई बिनास-युद्ध हैन
समानताको लागि क्रान्ति चाहिएको छ
वैश्विक भाइचारा चाहिएको छ।