हिजाबबिना खेलेकी इरानी खेलाडीलाई स्वदेश नफर्किन चेतावनी

हिजाबबिना खेलेकी इरानी खेलाडीलाई स्वदेश नफर्किन चेतावनी


कजाकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाबबिना सहभागी भएकी इरानकी चेस खेलाडी स्पेन पुगेकी छन् । स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनीनिकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् १९७७ मा जन्मिएकी सारा खादेम गत साता अलमेटीमा एफडीइ वर्ल्ड रेपिड एन्ड ब्लिज चेस च्याम्पियनसिपमा हिजाबबिना सहभागी भएकी थिइन् । प्रतियोगितापछि खामलाई स्वदेश विभिन्न फोनकलमार्फत नफर्किन चेतावनी दिइएको ती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोही विषयलाई लिएर इरानमा उनका अभिभावक र आफन्तले पनि धम्की पाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोस्रो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको र हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन् ।

प्रदर्शनप्रति विभिन्न कलाकारदेखि अभिनेतालगायतले एक्यबद्धता जनाएका छन् ।