आजको पञ्चाङ्ग एवम् राशिफल (२१ पुस २०७९ बिहीबार, ५ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ पुस २०७९ बिहीबार, ५ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष २१ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी ५ तारिख पौष शुक्ल पक्षको चतुर्दशी तिथि मृगशिरा नक्षत्र शुक्ल योग गर करण आनन्दादियोगमा मृत्यु योग चन्द्रमा वृष राशिमा ८:३४ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५७ बजे र सूर्यास्त साँझ १७:२१ बजे हुनेछ । गुरु गोविन्दसिंह जयन्ती ।

आजको राशिफल

मेष – आज स्वास्थ्यप्रति विशेष ध्यान पुर्‍याउनु हितकर होला । आहारविहारमा विशेष सतर्क रहनुहोला । धन आर्जन हुने दिन छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आँटेका कामहरू बन्नेछन् । आनन्द बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – आज भाग्यले साथ दिने छैन । स्वास्थ्य कमजोर भएको अनुभूतिका साथै धन खर्चको योग छ । रसरागमा आकर्षण बढ्नेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । कर्मबल भने बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव पनि बलियो रहला, तथापि आशा उत्साहमा कमी आउला । घरपरिवारको स्थिति अनुकूल तुल्याउन विशेष प्रयत्न गर्नुपर्ला ।

मिथुन – आरोग्यता वृद्धि हुने र नयाँ सम्भावना देखिने दिन छ । चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । धन आर्जन होला । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आज विलासी बस्तु खरिदमा धन ब्यय हुने योग छ । दिन रमाइलै रहला । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभूति पनि मिल्ला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट हुनेछ । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । धन सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्नेछ भने परिबारिक सुख वृद्धि हुनेछ । तर आज सामान्य रोगले सताउन सक्छ, सावधान रहनुहोला । भौतिक सरसामनको क्षति हुने सम्भावना पनि रहेकोले होसियारी अपनाउनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । रोकिएको काम बन्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – शुभता बढ्नेछ, रोकिएको काम बन्नेछ । अथक प्रयासमा काम बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर नयाँ योजना कार्यान्वयनमा भने बाधा आइपर्न सक्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आज धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आम्दानीका बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन आइपरेका समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्ला । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु फलदायी रहनेछ । धनलाभ हुनुका साथै सन्तान पक्षबाट सुखको अनुभूति पनि हुनेछ । ब्यापार ब्यवसायबाट विशेष लाभ मिल्ने देखिन्छ ।

मकर – आज साहस र समृद्धि बढ्ने योग छ । छिमेकीसँग सामान्य विवाद पर्न सक्छ, सावधान रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ला । स्वास्थ्यमा गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । हातहतियारबाट जोगिएर काम गर्नु हितकर रहला । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – दिन सामान्य छ । प्रेमभाव र सामर्थ्य बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग पनि छ, ध्यान राख्नुहोला । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – व्यस्तता बढ्नेछ । मन अनुकूलको काम बन्ला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । पराक्रम बढनुको साथैअधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।