मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो ‘१६औं वार्षिकोत्सव’

मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो ‘१६औं वार्षिकोत्सव’


मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका-१० अमरसिंहचोकमा रहेको शाखा कार्यालयमै बुधबार (२० पुष) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहनप्रसाद ढकाल, देवेन्द्रकुमार गुरुङ र कमलबहादुर बाँनियाले सँयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरे ।

सो अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीले आगामी दिनमा सेवाग्राहीको मागलाई मध्यनजर गर्दै बैंकको सेवा तथा सुविधाहरु बिस्तार गर्ने योजना रहेको धारणा राखे ।

यस्त,ै सेवाग्राहीहरुले नागरिक तथा सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै सेवाहरु बढाउनुपर्ने आग्रह गरेका थिए । सो कार्यक्रममा सेवाग्राहीहरुसँग बैंकले आगामी दिनमा ल्याउनुपर्ने योजनाको बारेमासमेत अन्तरक्रिया गरिएको थियो ।

मुक्तिनाथ विकास बैंक अमरसिंह शाखासँगै पोखरा महानगरपालिका-९ नागढुङ्गा शाखाले रक्तदान कार्यक्रमको आयोजना गर्दै १६औं वार्षिकोत्सव मनाएको थियो ।
‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने नारासहित बैंकिङ तथा वित्तिय क्षेत्रमा क्रियाशिल मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । सो बैंकले पछिल्लो समय देशभरका १ सय ७८ वटा शाखाहरुबाट आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंक अमरसिंह शाखा प्रमुख अशोक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कर्जा प्रमुख नुर बहादुर गुरुङले गरेका थिए ।