सत्तारुढ दलको बैठक बालुवाटारमा

सत्तारुढ दलको बैठक बालुवाटारमा


सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।

बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुसमा प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।

साथै मन्त्रिपरिषद् बिस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।