अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा

अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा


ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरूसहितको २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न माग गरेको खुलासा गरेका छन् । उनले पत्रकार म्याट ताइबीद्वारा सार्वजनिक गरिएको ‘ट्विटर फाइलहरू’को पछिल्लो चरण सेयर गर्दा सो खुलासा गरेका हुन् ।

‘अमेरिकी सरकारी एजेन्सीले पत्रकार र क्यानाडाका अधिकारीसहित २ लाख ५० हजार अकाउन्ट खाताहरू निलम्बन गर्न माग गर्‍यो’, मस्कले ट्वीट गर्दै भनेका छन् ।

आन्तरिक ट्विटर पत्राचारको नयाँ रिलिजले सोसल मिडिया कम्पनी र सरकारी एजेन्सीबीचको सम्बन्धको विवरणबारे खुलासा गर्छ । ताइबीले प्लेटफर्ममा रुसी हस्तक्षेपको खोजी गर्न कांग्रेससँग हात मिलाएर काम गर्न ट्विटरमा अमेरिकी सरकारको बढ्दो र अनन्त दबाबको खुलासा गरेको फक्स न्युजले रिपोर्ट गरेको छ ।