आजको पञ्चाङ्ग एवम् राशिफल (२० पौष २०७९ बुधबार, ४ जनवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० पौष २०७९ बुधबार, ४ जनवरी २०२३)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २० गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी ४ तारिख पौष शुक्ल पक्षको त्रयोदशी तिथि रोहिणी नक्षत्र शुभ योग ४:३० पर शुक्ल योग कौलव करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:५७ मा र सूर्यास्त साँझ १७:२० बजे हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – धन बढ्नेछ । पैत्रिक सम्पत्ति भागबण्डाको समय छ, विवादबाट बच्नु उपयुक्त होला । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । आफन्तजनबाट टाढिनुपर्ने योग छ। विश्वासपात्रले धोका दिनेछन् । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ तर आज एक्लोपनको आभाष हुन सक्छ । राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । बन्धुबान्धवसँग मनमुटाव हुन सक्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ। काममा चुनौती सामना गर्नुपर्ला । साहस सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – प्रेम तथा दाम्पत्यजीवनका लागि आजको दिन उत्साहपूर्ण रहला । तर पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा पनि विवाद तथा असमझदारी बढ्न सक्छ। शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज स्वास्थ्य कमजोर रहेको अनुभूति हुन सक्छ तर खासै समस्या पर्नेछैन । विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कर्मबल वृद्धि हुने र आरोग्य शक्ति बढ्नेछ । नयाँ व्यवसाय शुरु गर्दै हुनुहुन्छ भने अनुकुल समय छ । शुभता बढ्नेछ । तर, आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्न सक्छ, ध्यान राख्नुहोला । उत्तम रोजगारी, नोकरीमा प्रवेशको सम्भावना पनि छ। अनुकूल स्थानान्तरणको योग छ । रसरागमा मन आकर्षित होला ।

कन्या – आजको दिन मिश्रित फल दिने खालको छ । काममा झमेला पैदा हुने र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। कसैबाट झुटा आरोप आइलाग्ने सक्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । धैर्य राख्ेमा प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – जोखिम बढ्ने योग भए पनि आज काममा सफलता मिल्नेछ । सामान्य व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ भने घरजग्गा जोड्ने मौका समेत मिल्न सक्छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – विश्वासमा पारेर धोका दिनेहरूले सताउने प्रयत्न गरिरहे पनि रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ। सोच्ने शक्ति बढ्ने छ । पराक्रम वृद्धि होला । कर्ममा सफल सावित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहनेछ ।

धनु – आरोग्यता बढ्नेछ । स्थायी सम्पत्ति जोड्ने अवसर आउन सक्छ । समृद्धि बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – प्रेमभाव बढ्ने, भ्रमणमा रुचि जाग्ने दिन भए पनि आज बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले पनि सताउने योग छ। तथापि, सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । आफन्तको साथ मिल्नेछ । यश बढ्ला । विजयश्री मिल्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । कार्य क्षमता वृद्धि होला । प्रयासरत काम बन्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने योग भए पनि आजको दिन तपाईंको लागि शुभदायी नै रहनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।