प्रदर्शनमा संलग्न भएको आरोपमा इरानमा दुई किशोरलाई फाँसी

प्रदर्शनमा संलग्न भएको आरोपमा इरानमा दुई किशोरलाई फाँसी


इस्लामिक गणतन्त्रलाई महिनौँदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले जनाएको छ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ भने इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौँ बढीलाई फाँसी दिइने अभियानकर्ताहरूले आशंका जनाएका छन् ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई ‘ईश्वर विरुद्ध दुश्मनी’को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।