किमले किन गरे दोस्रा शक्तिशाली सैन्यअधिकारीलाई पदमुक्त ?

किमले किन गरे दोस्रा शक्तिशाली सैन्यअधिकारीलाई पदमुक्त ?


उत्तर कोरियाली नेता किम जोङ उनले देशको दोस्रा शक्तिशाली सैन्यअधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सत्तारुढ वर्कस पार्टीको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र पार्टी केन्द्रीय समितिका सचिव पाकको स्थानमा री योङ गिललाई चयन गरिएको छ । गत साता समितिको वार्षिक बैठकमा रीलाई नियुक्त गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

चोनलाई हटाउनुको कारण खुलाइएको छैन । प्योङयाङले नियमित रूपमा आफ्नो नेतृत्वलाई परिमार्जन गर्छ र वर्षको अन्त्यमा हुने पार्टीभेलालाई प्राय: कर्मचारी फेरबदल र प्रमुख नीतिगत निर्णयहरू घोषणा गर्न प्रयोग गरिन्छ ।

सरकारी टेलिभिजनले बैठकको क्रममा पाक टाउको झुकाएर पोडियमको अगाडिको पङ्क्तिमा बसेका देखिन्छन् भने अन्य सदस्यहरूले व्यक्तिगत मुद्दामा मतदान गर्न हात उठाएका छन् । पछि उनको सिट खाली देखाइएको थियो । किमको नयाँ वर्षको दिन आधिकारिक केसीएनए समाचार एजेन्सीले सामेबार जारी गरेको तस्बिरमा पनि उनी अनुपस्थित थिए ।

उक्त दिन किम आफ्ना हजुरबुका र बुबाको शव राखिएको कुमसुसन प्यालेस अफ सनमा पुगेका थिए ।