अस्ट्रेलियामा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

अस्ट्रेलियामा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु


अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

मध्य आकाशमा ठोक्किएर भएको दुर्घटनापछि एउटा हेलिकोप्टर तटबाट केही फिटनजिकैको बालुवामाथि उत्तानो परेको थियो भने दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु केही टाढा उछिट्टिएका थिए ।

दुर्घटनालगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’, क्विन्सल्यान्ड प्रहरीले जनाएको छ ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच गरेका छन् ।