यिनै हुन् कि त हाम्रा

यिनै हुन् कि त हाम्रा


– इ. गणेशराज वस्ती

हौँ पाहुना दिन केहीका तपाईं-हामी
गरौँ कर्म सदा यहाँ निकै नै गमी-गमी,

फिँजाइ हात उठाइ यता ल्याइ पाँजो
नराखी कुनै खेत र बारी बाँझो,

गरी कुरा सीधा-सीधा नहाली कतै भाँजो
नराखी खलो खाली कतै चलाइकन कुटो-कोदालो,

परे परोस् दु:ख बरु खाउँला खोलेफाँडो
कहाँ मिल्छ मैदान सदा ? चढौँला परे उकालो डाँडो !

खोजी हिँड्ने राम्रो भौँतारिने मनहरू हुन् कि त चाम्रा
मानी राम्रो बस्नेहरू यिनै हुन् कि त हाम्रा !