लिबियाको तटीय शहर सिर्तेमा अज्ञात व्यक्तिका १८ शव भेटिए

लिबियाको तटीय शहर सिर्तेमा अज्ञात व्यक्तिका १८ शव भेटिए


लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय शहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि नजिकैको एक सरकारी अस्पतालमा ती शव लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायले जनाएअनुसार शव भेटिएपछि अस्पताल पुर्‍याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको छ ।

ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको त्यहाँको प्रहरीले जनाएको थियो ।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो शहरमा स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।

पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान प्रहरीले गर्ने गरेको छ ।