ग्वाटेमालामा ज्वालामुखी विस्फोट, विमानस्थल/राजमार्ग अवरुद्ध

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, विमानस्थल/राजमार्ग अवरुद्ध


मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ ।

देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न आइतबार ग्वाटेमाला शहरका अधिकारीहरू बाध्य भएका छन् ।

फुएगो नामको ज्वालामुखी शनिबार र आइतबार राति सक्रिय भएपछि पग्लिएको चट्टान र धुवा आकाशमा दुई किलोमिटरमाथिसम्म पुगेको थियो । बतासले खरानीलाई ३५ किलोमिटर (२२ माइल) टाढा ग्वाटेमाला सिटीतर्फ पुर्‍याएको थियो ।

राजधानीबाट ६ किलोमिटर दक्षिणमा रहेको ला अरोरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यरातमा अस्थायी रूपमा बन्द गरिएको सिभिल एरोनटिक्सको महानिर्देशनालयले एक विज्ञप्तिमा भनेको छ ।

धावनमार्गनजिकै खरानी फैलिँदा कम्तीमा दुई आगमन उडानहरू डाइभर्ट गर्नुपरेको उड्डयन स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।