‘१० प्रतिशत समुद्री प्राणी विलुप्त अवस्थामा’

‘१० प्रतिशत समुद्री प्राणी विलुप्त अवस्थामा’


समुद्रमुनि रहेका विरुवा र प्राणीमध्ये दश भागको एकभाग विलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी विलुप्त हुने खतरामा छन् ।

जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेका हुन् ।

खानी र ग्यासको अन्वेषण तथा उत्पादन र प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्य स्रोतमा हानी पुग्दा संख्या पनि घटेको हो । चरम मौसम र तातो समुद्री छाल जस्ता प्राकृतिक कारण पनि लोपको अर्को कारण हो भने ब्लीचिङ पाउडर र रोगले ठूलो संख्यामा समुद्री प्राणी जोखिममा परेका छन् ।

‘हामीले समुद्री प्रजातिहरूमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ’,आइयुसीएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन-टेलरले भने, ‘समुद्रमुनि वास्तवमा के भइरहेको छ भनेर तपाइले देख्न सक्नुहुन्न ।’

जोखिम हुने समुद्री प्रजातिहरूको अंश हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्ने टेलर बताउँछन् । तथ्यांकअनुसार पूर्वी अफ्रिकाम समुद्रमा बस्ने शाकाहारी स्तनपायी जनावर डगोङ र फ्रान्सेली क्षेत्रमा पाइने न्यु क्यालेडोनियाको संख्या हवात्तै घटेको छ ।

लोपन्मुख प्रजातिको संरक्षण गर्न तत्काल पहल गर्नुपर्ने आइयुसीएनले जोड दिएको छ ।