कंगोमा विद्रोही हमलामा १३१ सर्वसाधारण मारिएको राष्ट्रसंघको रिपोर्ट

कंगोमा विद्रोही हमलामा १३१ सर्वसाधारण मारिएको राष्ट्रसंघको रिपोर्ट


प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम २३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले देखाएको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक दुई गाउँमा नरसंहार भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।

सो आक्रमण विद्रोहीहरूमाथि वर्तमान सरकारले गरेको आक्रमणको बदला भएको राष्ट्रसंघीय अनुसन्धानले जनाएको छ । एम २३ ले नरसंहार अस्वीकार गरेको गरेको छ । तर देशमा रहेको संयुक्त राष्ट्रसंघको मोनुस्को शान्ति मिसनले १०२ पुरुष, १७ महिला र १२ बालबालिकालाई विद्रोही समूहले ‘नागरिक जनसंख्याविरुद्धको प्रतिशोधको अंशको रूपमा’ ‘मनमानी रूपमा मृत्युदण्ड’ दिएको जनाएको छ ।

कम्तिमा २२ महिला र पाँच बालिका पनि बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ । यो हिंसा एफडीएलआरलगायत एम २३ र अन्य सशस्त्र समूहहरू बीचको झडपको बदलास्वरूप रुट्सुर क्षेत्रका दुई गाउँहरू विरुद्ध हत्या, बलात्कार, अपहरण र लुटपाटको अभियानको एक भागको रूपमा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।