२१ माघ २०७९, शनिबार

नेपाल स्काउट र खड्का डेभलपमेन्टबीच विवाद बल्झिएपछि…

  प्रकाशित मिति
२३ मंसिर २०७९, शुक्रबार १०:४८


नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले प्रयोग गरिरहेको विषयमा दुई पक्षबीच विवाद हुँदै आएको थियो ।

विवादकै क्रममा दुवै पक्षबीचको कलह अदालतसम्म पुगेको थियो । पाटन उच्च अदालतबाट नेपाल स्काउटको पक्षमा फैसला भइसकेको र उक्त जग्गा खाली गर्न फैसलामा समेत निर्देशन दिइएको स्काउटले जनाएको छ । तर कम्पनीले जग्गा खाली गर्नुको साटो उल्टै एक करोड ९५ लाख १९ हजार रुपैयाँ भाडासमेत नतिरेको स्काउटको आरोप छ ।

कम्पनीले बिहीबार बालबालिकाको आवासीय प्रशिक्षण चलिरहेका बेला लैनचौर ब्यांक्वेटस्थित भवनमा प्रहरी प्रशासनलाई गुण्डागर्दी शैलीमा पठाएर कार्यक्रम बिथोलेको भन्दै स्काउट थप आक्रोशित बनेको हो । गैरकानुनी हर्कत र बलमिच्याईं नगर्न चेतावनी दिँदै उक्त जग्गाबाट उठ्न कम्पनीलाई चेतावनी दिएको स्काउटले अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन सरकारसँग मागसमेत गरेको छ ।

खड्का डेलभपमेन्ट नेपाली कांग्रेसका सांसद दीपक खड्काको स्वामित्वको हो ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका