२१ माघ २०७९, शनिबार

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

  प्रकाशित मिति
२० मंसिर २०७९, मंगलबार ००:५१


ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।

खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो ।

यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका

‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा

photo: rss नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा