आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०७९ मंगलबार, ६ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० मङ्सिर २०७९ मंगलबार, ६ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २० गते मंगलबार तद्अनुसार सन् २०२२ दिसम्बर ६ तारिख मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि ७:०० पर चतुर्दशी तिथि भरणी नक्षत्र ९:३४ पर कृतिका नक्षत्र शिव योग गर करण आनन्दादियोगमा मुशल योग चन्द्रमा मेष राशिमा १५:४८ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४२ बजे र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । काशीमा पिशाचमोचन तीर्थश्राद्ध ।

आजको राशिफल

मेष – आरोग्यता र आनन्द वृद्धि हुनेछ । दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । घरेलु कार्यमा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन आर्थिक पक्ष सुदृढ भए पनि स्वास्थ्यमा कमजोरी रहला । खानपानमा विशेष ध्यान राख्नु उपयुक्त हुनेछ । लगानी र कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन पनि सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आय वृद्धि हुनेछ भने साझेदारीको काममा सफलता मिल्नेछ । आजको दिन आरोग्यता पनि रहला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमी वा प्रेमिकासँग र सामान्य चिसोपन देखिन सक्छ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ भने दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन कर्मबलका साथै आशा उत्साह बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोलीको विपरीत अर्थ लाग्ने योग भएकोले मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ, प्रयत्न गर्नु हितकर रहला । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् ।

सिंह – शुभता बढ्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । धन सम्पन्नता बढ्ला । तर पारिवारिक वातावरण तपाईंको अनुकुल नरहला । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दौडधुप बढ्नेछ भने कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । रसविलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । आफन्तको सहयोग तथा समर्थन मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । समग्रमा आज मन प्रसन्न रहला ।

वृश्चिक – आरोग्यता बढ्नेछ । आजको दिन कार्यमा धैर्य र विवेकले विशेष दरकार रहला । आफन्तको सहयोग बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ ।

धनु – प्रेमभाव बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि ती परास्त हुनेछन् । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु फलदायी रहला ।

मकर – व्यस्तता र संघर्ष बढ्नेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन आशा-उत्साह बढ्नेछ । आरोग्यता पनि रहला । रसरागको भाव वृद्धि हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ । आर्थिक पक्ष बलियो बन्ने छ । आनन्द बढ्नेछ ।

मीन – आज मनअनुकूलको काम बन्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा भने समस्या देखापर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ । आशा उत्साह बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।