‘नेपालका देवीदेवताहरू’ विषयक कला प्रदर्शनी

‘नेपालका देवीदेवताहरू’ विषयक कला प्रदर्शनी


भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन् ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उपप्रमुखद्वय मञ्जली शाक्य तथा सुनिता डङ्गोलको उपस्थितिमा आइतबार (११ मङ्सिर) राजदूत श्रीवास्तवले कला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा कला प्रदर्शनीको आयोजना गरिएको हो । मङ्सिर ११ देखि सुरु भएको कला प्रदर्शनी यही मङ्सिर २४ गतेसम्म नेपाल कला परिषद्मा चल्ने जनाइएको छ ।

भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पनि १२-१३ गते ‘भारत र नेपालका देवी देवताहरुको प्रतिमाको अभिव्यक्ति’ नामक दुई दिवसीय ‘लेक्चर सिरिज’को आयोजना गर्दैछ ।