आजको पञ्चाङ्ग एवम् राशिफल (१० मङ्सिर २०७९ शनिबार, २६ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० मङ्सिर २०७९ शनिबार, २६ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ िव.सं. २०७९ मार्गशीर्ष १० गते शनिबार तद्अनुसार सन् २०२२ नोभेम्बर २६ तारिख मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि मूल नक्षत्र धृति योग ५:४७ पर शूल योग तैतिल करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:३४ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको पनि बिग्रन सक्ने भएकोले होस पुर्‍याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउन सक्छ । आफन्तको काममा नै आजको दिन बित्ने छ । शत्रु भने तपाईंसँग परास्त हुनेछन् ।

वृष – दिन शुभकारी र मनोरञ्जनपूर्ण रहला । कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नयाँ योजनाहरु सिर्जना हुने दिन छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बनी मन हर्षित रहला । पठनपाठनमा पनि प्रगति हुनेछ भने धनलाभ पनि होला । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – आरोग्यता र कार्यक्षमता वृद्धि हुनेछ । आजको दिन नउठ्ने रकम उठ्न सक्छ भने मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता र वैवाहिक बन्धनको योग छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्रबाट सुख प्राप्त होला । आशा उत्साह बढ्नेछ । आरोग्य वृद्धि हुनेछ ।

कर्कट – आज इर्ष्या गर्नेहरू सक्रिय रहने छन् । छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोला । गलत विचार बढ्ने योग छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । शरिरमा आलस्यता छाउने देखिन्छ, कसैसंग सामान्य वादविवाद पर्ने देखिन्छ । रसरागमा भने आकर्षण बढ्नेछ

सिंह – प्रेमभाव बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । व्यापारमा सफलताले मन रमाउने छ । धन कमाउने अवसर मिल्नेछ भने जागिरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । यात्रामा सफलता प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – मनोकूलको काम बन्ने दिन छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । तपाईंप्रति ठूला व्यक्तिको आशा र भरोसा रहनेछ । बोलीबाट धेरै कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । समग्रमा दिन रमाइलो छ ।

तुला – सामर्थ्य वृद्धि हुने र काममा सफलता मिल्ने दिन छ । व्यावसायिक यात्राको सम्भावना छ भने सामाजिक कार्यमा पनि मन जाने छ । विविध लाभ पनि होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । सोचेका काम बन्नेछन् भने धनलाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । मान सम्मानमा निरन्तर बृद्धि भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ ।

वृश्चिक – भाग्यबल बढ्ने समय भए पनि आज स्वास्थ्यप्रति सजग रहनु हितकर होला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ तर नोकरी र राजनीतिमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । सोच्दैनसोचेको ठाउमा पैसा खर्च हुन सक्छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – दिन राम्रो छ । आरोग्यता बढ्नेछ भने समृद्धि पनि बढ्ला । विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । आय बृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – लगानी बढ्नेछ भने उन्नतिले पछ्याउने छ । आशा उत्साह बढ्ला । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि लाभ हुने देखिन्छ । कमाइ बढ्नाले सुख वृद्धि होला । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – आय बढ्नेछ भने रोकिएका काम बन्नेछन् । कार्यक्षमता वृद्धि हुनेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । आरोग्यता बृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – समय त्यति शुभदायी छैन । अत्यन्त सावधानीका साथ काम गर्नुपर्ला । गलत विचार बढ्नेछ, समयमा सही निर्णय गर्न सकिँदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाउँमा रुपैयाँपैसाको खर्च होला । रसरागमा भने आकर्षण बढ्नेछ । अन्तत: समस्याको समाधान प्राप्त हुनेछ ।