सुन सफा गर्ने बहानामा ठगी गर्ने भारतीय नागरिक पक्राउ

सुन सफा गर्ने बहानामा ठगी गर्ने भारतीय नागरिक पक्राउ


सुन सफा गर्छु भन्दै सक्कली सुन आफूले लगेर नक्कली सुन फिर्ता दिइ ठगी गर्ने एक भारतीय नागरिकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुन सफा गरी तौल कम पारेर ठगी गर्ने भारतीय नागरीक वर्ष २४ का विवेक कुमारलाई बिहीबार जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदीबाट पक्राउ गरेको हो ।

विवेकले मर्स्याङ्दी गाउँपालिका ३ खूदीस्थित सुनको गरगहना सफा गरी चम्कने बनाइदिन्छु भनी विश्वासमा पारी स्थानीय तीनजना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाइ विभिन्न रसायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरीएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

पक्राउ परेका भारतिय नागरीक विवेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।