२३ मंसिर २०७९, शुक्रबार

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

  प्रकाशित मिति
९ मंसिर २०७९, शुक्रबार ०४:४८


नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो ।

ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्काशन गर्न पाउने छन् । बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४।७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।


36
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

निलम्बनमा पारिएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्र तत्काल

परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोनवार्ता भएको छ । उहाँहरूबीच भएको वार्तामा निकट भविष्यमा

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि